नेकपा एमालेकी नेता पद्मा अर्यालले विदेशमा राजदूत भएर जाने व्यक्तिको चरित्र उत्कृष्ट हुनुपर्ने बताएकी छन्। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइका क्रममा बुधबार बोल्दै अर्यालले राजदूत पद राष्ट्रको प्रतिष्ठा, विश्वास र कूटनीतिक मर्यादासँग जोडिएको महत्त्वपूर्ण जिम्मेवारी भएको बताइन्।
उनले राजदूत नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूबारे प्रश्न उठिसकेपछि त्यसको सत्यतथ्य बुझ्नुपर्ने बताइन्। उनले सार्वजनिक रूपमा शंका उत्पन्न भएका विषयलाई बेवास्ता गरेर सुनुवाइ प्रक्रिया अघि बढाउँदा सम्बन्धित व्यक्तिप्रति मात्र नभई देशप्रतिको विश्वासमा समेत असर पर्न सक्ने उनको भनाइ थियो।
अर्यालले प्रस्तावित राजदूतबारे उजुरी परेको वा विभिन्न तथ्य सार्वजनिक भएको अवस्थामा समितिले त्यसबारे स्पष्ट जानकारी लिनुपर्ने बताइन्।
प्रकाशित: २८ आश्विन २०८३ १२:०५ बुधबार





