२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपा र राप्रपाविरुद्ध सबै सांसद उत्रिन नपरोस्: प्रमुख सचेतक घिमिरे

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । 

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा घिमिरेले ७० दिनदेखि रास्वपा र राप्रपाले गरिरहेको यो कार्य बन्द गरिनुपर्ने बताएका हुन् । 

उनले भने,'७० दिनदेखि रास्वपा र राप्रपाले संसद बहिष्कार गरिरहेको छ। आफ्नो कुरा राख्ने र हिँड्ने गरेको छ। यो कुरामा संसदको ध्यान पनि आकृष्ट भएको छ । सरकारको पनि भएको छ। तर पनि यो क्रियाकलाप बन्द भएको छैन। कति दिनसम्म गर्ने हो।  संसद्मा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसामा मानव तस्करी भो भन्ने भिजिट भिसामा यहाँ बाहिर नजाने मान्छे को हुन्छ ? झुटो कुरा प्रचार गरेर आम जनतालाई भ्रमित पार्ने संसदको दुरुपयोग गर्ने ? यो लामो समयदेखि निरन्तर एउटा अभ्यासको रुपमा जारी छ। भोली यो विरुद्ध सम्पूर्ण सांसदहरूले यसको प्रतिवादमा उत्रिन पर्ने आवश्यकता हुन्छ। अहिले जसरी गाली गलौज भइरहेको छ भोली तयसैगरी सबै सांसद उठ्दा के होला यो तर्फ गम्भीर ध्यान जाओस्।' 

प्रकाशित: १९ श्रावण २०८२ १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App