१० मंसिर २०८३ बिहीबार
image/svg+xml
राजनीति

केपी खनालले फोन नउठाएपछि आशिका तामाङको प्रश्न : सर्वसाधारणले कसरी गुनासो गर्ने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसदसँग सम्पर्क गर्न पनि इन्टरनेट आवश्यक पर्ने अवस्थाप्रति असन्तुष्टि जनाएकी छन्।

एउटा जनमुद्दाका विषयमा सांसद केपी खनाललाई फोन गर्दा उनका स्वकीय सचिवले फोन उठाएको र सांसदसँग कुरा गर्न ह्वाट्सएपमा कल गर्न भनेको उनले बताएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एउटा जनताबाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न र संवाद गर्न इन्टरनेट चाहिने रहेछ भने सामान्य मोबाइल मात्रै चलाउने सर्वसाधारण नागरिक, गरिब तथा निमुखा जनताले आफ्ना नेतासम्म कसरी गुनासो पुर्‍याउन सक्छन्?’

सांसदसँग आफ्ना समस्या र गुनासा राख्न सर्वसाधारणलाई सहज पहुँच हुनुपर्ने आशय व्यक्त गर्दै उनले यस विषयमा असन्तुष्टि जनाएकी हुन्।

प्रकाशित: ७ मंसिर २०८३ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App