८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

वास्तबिक सुकुम्बासीको समयमै व्यवस्थापन गर्नुपर्यो : सांसद बुढा

नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले प्राकृतिक प्रकोपबाट प्रभावित तथा वास्तबिक सुकुम्बासीको समयमै व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्राकृतिक विपदबाट क्षति पुगेका सडक, खानेपानी तथा अन्य पूर्वाधार आयोजनाको पुनःस्थापना कार्य शीघ्र अघि बढाउन माग गरे।

यस्तै, प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएका सांसद बुढाले जुनीचाँदे गाउँपालिका–११ की ६० वर्षीया धनसरा दमाईको मार्मिक पीडा सदनमा सुनाए। भूकम्पले घर भत्किएपछि सरकारले दिएको अस्थायी आवाससमेत हावाहुरीले उडाएको र ऐलानी जग्गामा बसोबास गरिरहेका सुकुम्बासी परिवारहरू अहिले पूर्णतः विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ छ।

प्रकाशित: ६ जेष्ठ २०८३ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App