४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

अभिनेता नीर शाहको मूल्यांकन: देउवा सबैभन्दा परिष्कृत नेता, उनीबाट धेरै सिक्न बाँकी

वरिष्ठ अभिनेता नीरविक्रम शाहले आफ्नो मूल्यांकनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिका सबैभन्दा परिष्कृत नेता रहेको टिप्पणी गरेका छन्। बिहीबार नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेता शाहले देउवाबाट समाजले धेरै सिक्न बाँकी रहेको बताएका हुन्। 

‘म उहाँ(सभापति देउवा)लाई नेपाली राजनीतिको सबैभन्दा परिष्कृत व्यक्तिका रूपमा स्मरण गर्न चाहन्छु,’ वरिष्ठ अभिनेता शाहले भने, ‘उहाँबाट समाजले, उहाँ संलग्न रहेको पार्टीले र उहाँको लोकतान्त्रिक विचारधारालाई पछ्याउनेहरूले थुप्रै कुरा सिक्न बाँकी छ जस्तो लाग्छ।’

तर समय एउटा ठुलो छेकबार भएर उपस्थित भएको आफूलाई महसुस भइरहेको उनले बताए। उनले भने, ‘त्यस्तै किसिमका छेकबार हटाउन यस किसिमका समारोहले अत्यन्त राम्रो भूमिका निर्वाह गरेको हुन्छ।’

प्रकाशित: २९ श्रावण २०८२ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App