सरकारले पहिलो चरणमा २०६२/६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न आयोग बनाएको छ। राजनीतिकतर्फ हेर्दा यस अवधिमा बनेका १७ वटा सरकारको नेतृत्व १२ जनाले गरेका छन्। यी सरकारमा प्रधानमन्त्री र मन्त्री बनेका करिब तीन सयजना सम्पत्ति छानबिनको दायरामा पर्नेछन्।
बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २०६२/६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजत्वकमा अधिकारसम्पन्न आयोग गठन गरेको हो। यो निर्णयअनुसार वर्तमान मन्त्रिपरिषद्का सदस्य पनि छानबिनमा पर्नेछन्।
बहुदलीय व्यवस्था पुनस्र्थापनापछि राज्यसत्तामा पुगेका नेता र उच्च पदमा बसेको कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने योजनामा सरकार छ। सजिलोका लागि पहिलो चरणमा २०६२/६३ देखि २०८३ सम्मको छानबिन सीमा तोकिएको हो। आयोगको सदस्यमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय पुरूषोत्तम पराजुली र चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल सदस्य छन्। सरकारले आयोग गठन गरे पनि त्यसको कार्यक्षेत्र र अधिकार निर्धारण गरिसकेको छैन।
आयोगले तोकिएको अवधिमा सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्ने छ। आयोगले तत्कालीन राजा ज्ञानेन्द्रको अध्यक्षतामा गठित मन्त्रिपरिषद्देखि वर्तमान मन्त्रिपरिषद्का सदस्यसम्मको सम्पत्ति छानबिन गर्न पाउने छ। पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला (स्वर्गीय), पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला (स्वर्गीय), केपी शर्मा ओली, शेरबहादुर देउवा, सुशीला कार्की, बालेन्द्र शाह (वर्तमान सरकार प्रमुख) र मन्त्रीको सम्पत्ति छानबिन हुने छ। त्यस्तै सम्पत्ति छानबिनमा पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारी तथा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल पनि पर्ने देखिन्छ।
गत चैत १३ गते शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले सुशासन र पारदर्शिताका लागि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने आयोग बनाउने निर्णय गरेको थियो।
‘देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनता अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने’ निर्णय बैठकबाट भएको थियो। सोही निर्णय कार्यान्वयनमा लैजान आयोग गठन गरिएको हो।
मन्त्रिपरिषद्को सोही बैठकले दोस्रो चरणमा २०४८ देखि २०६२ सालसम्म सार्वजनिक पदमा बसेका मन्त्री र कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो। अहिले बनेको आयोग सरकारले पहिलो चरणका लागि हो।
यसअघि तत्कालीन सरकारले न्यायाधीश भैरवप्रसाल लम्सालको नेतृत्वमा सम्पत्ति छानबिन आयोग बनाएको थियो। तत्कालीन सरकारको निर्णयअनुसार २०५८ सालमा सर्वोच्च अदालतका न्यायाधीश लम्सालको अध्यक्षतामा सम्पति जाँचबुझ आयोग बनाइएको थियो। लम्साल नेतृत्वको आयोगले अनुसन्धान गरी बुझाएको प्रतिवेदन सरकारले सार्वजनिक भने गरेन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ बमोजिम उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको थियो तर प्रधानमन्त्री कार्यालयले त्यो प्रतिवेदन सार्वजनिक गर्न अस्वीकार गरेको थियो।
अहिले गठन भएको आयोगले सम्पत्ति जाँचबुझ गर्न कार्यदेश पर्खिरहेको छ। सुरुमा सार्वजनिक उच्चपदमा बसेका राजनीतिक व्यक्तिहरू र उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति जाँचबुझ हुने छ। यसमा पनि सुरुमा राजनीतिक व्यक्तिहरूको सम्पत्ति छानबिन हुने देखिन्छ। त्यसका लागि आयोगले उजुरी माग्नेदेखि छानबिन दायरामा परेको सबैको सम्पत्ति विवरण मगाएर हेर्न सक्छ । प्राप्त सम्पत्ति विवरण स्वाभाविक हो कि होइन भनेर अनुसन्धान र विश्लेषण गरेपछि मात्र आयोगले प्रतिवेदन तयार पार्ने छ।
२०६१ माघ १९ मा गठित मन्त्रिपरिषद्
ज्ञानेन्द्र शाह (तत्कालीन संवैधानिक राजा) : अध्यक्ष, तुलसी गिरी : उपाध्यक्ष एवं भूमिसुधार तथा जलस्रोतमन्त्री, कीर्तिनिधि विष्ट : उपाध्यक्ष एवं भौतिक योजना तथा निर्माणमन्त्री, बद्रीप्रसाद मण्डल : कृषि तथा सहकारीमन्त्री, रमेशनाथ पाण्डे : परराष्ट्रमन्त्री, राधाकृष्ण मैनाली : शिक्षा तथा खेलकुदमन्त्री, सलिममियाँ अन्सारी : वन तथा भूसंरक्षणमन्त्री, प्रकाश कोइराला : वातावरण, विज्ञान तथा प्रविधिमन्त्री, कृष्णलाल थकाली : सामान्य प्रशासनमन्त्री, बुद्धिराज बज्राचार्य : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, दुर्गा पोखरेल : महिला बालबालिका तथा समाजकल्याणमन्त्री, टंक ढकाल : सूचना तथा सञ्चारमन्त्री, दानबहादुर शाही : गृहमन्त्री, खड्गबहादुर जिसी : स्थानीय विकासमन्त्री, मधुकरशमशेर राणा : अर्थमन्त्री, रूप ज्योति : अर्थसहायकमन्त्री, याङकिला शेर्पा : पर्यटन तथा नागरिक उड्डयन सहायकमन्त्री, विनोदकुमार शाह : जलस्रोत सहायकमन्त्री, छक्कबहादुर लामा : स्थानीय विकास सहायकमन्त्री, गोल्छे सार्की : श्रम तथा यातायात सहायकमन्त्री, जगत गौचन : भौतिक योजना तथा निर्माण सहायकमन्त्री, निक्ष शमशेर राणा : स्वास्थ्य तथा जनसंख्या सहायकमन्त्री, सिनेट श्रेष्ठ : शिक्षा तथा खेलकुद सहायकमन्त्री।
२०६३ वैशाख १२ मा गठित मन्त्रिपरिषद्
गिरिजाप्रसाद कोइराला : प्रधानमन्त्री एवं रक्षा, रामचन्द्र पौडेल : उपप्रधान, शान्ति तथा पुनर्निर्माणमन्त्री, सहाना प्रधान : परराष्ट्रमन्त्री, कृष्णबहादुर महरा : सूचना तथा सञ्चारमन्त्री, प्रदीप नेपाल : शिक्षा तथा खेलकुदमन्त्री, महन्थ ठाकुर : जनसंख्या तथा वातावरणमन्त्री, रामशरण महत : अर्थमन्त्री, कृष्णप्रसाद सिटौला : कानुन, न्याय तथा संसदीय मामिला गृहमन्त्री, देव गुरुङ : स्थानीय विकासमन्त्री, राजेन्द्र महतो : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, पृथ्वीसुब्बा गुरुङ : संस्कृति, पर्यटन तथा नागरिक उडुडयनमन्त्री, मातृकाप्रसाद यादव : वन तथा भूसंरक्षणमन्त्री, छविलाल विश्वकर्मा : कृषि तथा सहकारीमन्त्री, हिसिला यमि : भौतिक योजना तथा निर्माणमन्त्री, जगतबहादुर बोगटी : भूमिसुधार तथा व्यवस्थामन्त्री, खड्गबहादुर विश्वकर्मा : महिला, बालबालिका तथा समाज कल्याणमन्त्री, स्वास्थ्यमन्त्री : गिरिराजमणि पोखरेल, रमेश लेखक : श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की : खानेपानी राज्यमन्त्री, रामचन्द्र यादव : सामान्य प्रशासन राज्यमन्त्री, इन्द्रबहादुर गुरुङ : कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री, मोहनसिंह राठोर : शिक्षा तथा खेलकुद राज्यमन्त्री, शशि श्रेष्ठ : स्वास्थ्य राज्यमन्त्री।
२०६५ भदौ २ मा गठित मन्त्रिपरिषद्
पुष्पकमल दाहाल : प्रधानमन्त्री, वामदेव गौतम : उपप्रधान एवं गृहमन्त्री, बाबुराम भट्टराई : अर्थमन्त्री, उपेन्द्र यादव : परराष्ट्रमन्त्री, रामबहादुर थापा : रक्षामन्त्री, विजयकुमार गच्छदार : भौतिक योजना तथा निर्माणमन्त्री, विष्णुप्रसाद पौडेल : जलस्रोतमन्त्री, कृष्णबहादुर महरा : सूचना तथा सञ्चारमन्त्री, जयप्रकाश गुप्ता : कृषि तथा सहकारीमन्त्री, अष्टलक्ष्मी शाक्य : उद्योगमन्त्री, देव गुरुङ : कानुन, न्याय र संविधानसभामन्त्री, राजेन्द्र महतो : वाणिज्य तथा आपूर्तिमन्त्री, मातृका यादव : भूमिसुधार तथा व्यवस्थामन्त्री (चैत १२ सम्म), महेन्द्र पासवान : भूमिसुधार तथा व्यवस्थामन्त्री, गोपाल शाक्य : युवा तथा खेलकुदमन्त्री, पम्फा भुसाल : सामान्य प्रशासनमन्त्री, हिसिला यमी : पर्यटन तथा नागरिक उड्डयनमन्त्री, गिरिराजमणि पोखरेल : स्वास्थ्य तथा जनसंख्यामन्त्री, रेणुकुमारी यादव : शिक्षामन्त्री, किरण गुरुङ : वन तथा भूसंरक्षणमन्त्री, जनार्दन शर्मा : शान्ति तथा पुनर्निर्माणमन्त्री, गोपाल किराँती : संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री, रामचन्द्र झा : स्थानीय विकासमन्त्री, लेखराज भट्ट : श्रम तथा यातायातमन्त्री, गणेश शाह : विज्ञान तथा प्रविधिमन्त्री, रामचरण चौधरी : महिला, बालबालिका तथा समाज कल्याणमन्त्री।
२०६६ जेठ ११ मा गठित मन्त्रिपरिषद्
प्रधानमन्त्री : माधवकुमार नेपाल, उपप्रधान, भौतिक योजना तथा निर्माणमन्त्री : विजयकुमार गच्छदार, रक्षामन्त्री : विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री : सुजाता कोइराला, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री : शरतसिंह भण्डारी, गृहमन्त्री : भीम रावल, अर्थमन्त्री : सुरेन्द्र पाण्डे, ऊर्जामन्त्री : प्रकाशशरण महत, सिँचाइमन्त्री : बालकृष्ण खाँड, सूचना तथा सञ्चारमन्त्री : शंकर पोखरेल, संविधानसभा, संघीय मामिला, संसदीय प्रणाली र संस्कृतिमन्त्री : मिनेन्द्र रिजाल, शान्ति तथा पुनर्निर्माणमन्त्री : रकम चेम्जोङ, वाणिज्य तथा आपूर्तिमन्त्री : राजेन्द्र महतो, स्थानीय विकासमन्त्री : पूर्णकुमार लिम्बु, स्वास्थ्य तथा जनसंख्यामन्त्री : उमाकान्त चौधरी, श्रम तथा यातायात व्यावस्थामन्त्री : मोहम्मद अफताब आलम, सामान्य प्रशासनमन्त्री : प्रभाकर प्रधानाङ्ग, भूमिसुधार तथा व्यवस्थामन्त्री : डम्बर श्रेष्ठ, शिक्षामन्त्री : रामचन्द्र कुशवाह, वन तथा भूसंरक्षणमन्त्री : दीपक बोहरा, उद्योगमन्त्री : महेन्द्र राय यादव, कृषि तथा सहकारीमन्त्री : मृगेन्द्रकुमारसिंह यादव, युवा तथा खेलकुदमन्त्री : गणेश तिवारी, वातावरणमन्त्री : ठाकुर शर्मा, बिनाविभागीयमन्त्री : लक्ष्मणलाल कर्ण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री : सर्वदेव ओझा, कानुन तथा न्यायमन्त्री : प्रेमबहादुर सिंह, स्थानीय विकास राज्यमन्त्री : गणेशबहादुर खड्का, शान्ति तथा पुनर्निर्माण राज्यमन्त्री : डिल्लीबहादुर महत, सामान्य प्रशासन राज्यमन्त्री : जितबहादुर दर्जी गौतम, ऊर्जा राज्यमन्त्री : चन्द्रसिंह भट्टराई, गृहराज्यमन्त्री : मोहम्मद रिजवान अन्सारी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री : खड्गबहादुर बस्याल सार्की, उद्योग राज्यमन्त्री : दानबहादुर कुर्मी, भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री : मानबहादुर शाही, विज्ञान तथा प्रविधि राज्यमन्त्री : इन्द्रप्रसाद ढुंगेल, भौतिक योजना तथा निर्माण राज्यमन्त्री : सञ्जयकुमार साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री : रामबच्चन अहिर, कृषि तथा सहाकारी राज्यमन्त्री : करिमा बेगम, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री : शत्रुघन सिंह कोइरी, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री : सरोजकुमार यादव, शिक्षा राज्यमन्त्री : गोविन्द चौधरी, भौतिक योजना तथा निर्माण सहायकमन्त्री : कलावतीदेवी दुसध, युवा तथा खेलकुद सहायकमन्त्री : चन्दा चौधरी।
२०६७ माघ २३ मा गठित मन्त्रिपरिषद्
प्रधानमन्त्री : झलनाथ खनाल, उपप्रधान तथा परराष्ट्रमन्त्री : उपेन्द्र यादव, उपप्रधान तथा गृहमन्त्री : कृष्णबहादुर महरा, गृहमन्त्री : विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री : अग्नि सापकोटा, अर्थमन्त्री : भरतमोहन अधिकारी, रक्षामन्त्री : विष्णुप्रसाद पौडेल, कानुन तथा संसदीय मामिलामन्त्री : प्रभु साह, वाणिज्य तथा आपूर्तिमन्त्री : महेन्द्र पासवान, भूमिसुधार तथा व्यवस्थापनमन्त्री : रामचरण चौधरी, युवा तथा खेलकुदमन्त्री : हितबहादुर तामाङ, शिक्षामन्त्री : गंगाधर तुलाधर, सामान्य प्रशासनमन्त्री : युवराज कार्की, पर्यटन तथा नागरिक उड्ठयनमन्त्री : खड्गबहादुर विश्वकर्मा, स्वास्थ्य तथा जनसंख्यामन्त्री : शक्तिबहादुर बस्नेत, वन तथा भूसंरक्षणमन्त्री : भानुभक्त जोशी, शान्ति तथा पुनर्निर्माणमन्त्री : वर्षमान पुन (२०६८ वैशाख २१ सम्म) त्यसपछि विश्वनाथ शाह, स्थानीय विकासमन्त्री : उर्मिला अर्याल, ऊर्जामन्त्री : गोकर्ण विष्ट, सिँचाइमन्त्री : रघुवीर महासेठ, महिला, बालबालिका तथा समाजिक कल्याणमन्त्री : जयपुरी घर्ती।
२०६८ भदौ १२ मा गठित मन्त्रिपरिषद्
प्रधानमन्त्री : बाबुराम भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री : नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री : विजयकुमार गच्छदार, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : पोष्टबहादुर बोगटी, युवा तथा खेलकुदमन्त्री : कमला रोका, अर्थमन्त्री : वर्षमान पुन, स्थानीय विकासमन्त्री : टोपबहादुर रायमाझी, उद्योग तथा आपूर्तिमन्त्री : अनिलकुमार झा, वन तथा वातावरणमन्त्री : मोहम्मद वकिल मुसलमान, रक्षामन्त्री : शरतसिंह भण्डारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री : जयप्रकाश गुप्ता, कृषि र सहकारीमन्त्री : नन्दनकुमार दत्त, कानुन, संसदीय मामिला र भौतिक योजना तथा निर्माणमन्त्री : हृदयेश त्रिपाठी, सिँचाइ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री : महिन्द्र राय यादव, श्रम तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री : सरिता गिरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री : राजेन्द्र महतो
२०६९ चैत १ गते गठित मन्त्रिपरिषद्
प्रधानमन्त्री तथा रक्षा : खिलराज रेग्मी, गृह तथा परराष्ट्रमन्त्री : माधव घिमिरे, कानुन, न्याय तथा संसदीय मामिला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री : हरिप्रसाद न्यौपाने, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्यामन्त्री : विद्याधर मलिक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री : ऋद्धिबाबा प्रधान, सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री : माधव पौडेल, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री : शंकरप्रसाद कोइराला, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री : छविराज पन्त, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरणमन्त्री : टेकबहादुर थापा घर्ती, युवा तथा खेलकुद, शान्ति तथा पुनस्र्थापना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री : रामकुमार श्रेष्ठ, ऊर्जा, विज्ञान, प्रविधि तथा वातावरणमन्त्री : उमाकन्त झा।
२०७० माघ २८ मा गठित मन्त्रिपरिषद्
प्रधानमन्त्री तथा रक्षा : सुशील कोइराला, उपप्रधान तथा स्थानीय विकासमन्त्री : प्रकाशमान सिंह, उपप्रधान तथा गृहमन्त्री : वामदेव गौतम, अर्थमन्त्री : रामशरण महत, वनमन्त्री : महेश आचार्य, सूचना तथा सञ्चारमन्त्री : मीनेन्द्र रिजाल, सहरी विकासमन्त्री : नारायण खड्का, कानुनमन्त्री : नरहरि आचार्य, शिक्षामन्त्री : चित्रलेखा यादव, सिँचाइमन्त्री : नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा निर्माणमन्त्री : विमलेन्द्र निधि, परराष्ट्रमन्त्री : महेन्द्रबहादुर पाण्डे, ऊर्जामन्त्री : राधा ज्ञवाली, युवा तथा खेलकुदमन्त्री : पुरुषोत्तम पौडेल, कृषिमन्त्री : हरि पराजुली, सामान्य प्रशासनमन्त्री : लालबाबु पण्डित, उद्योगमन्त्री : कर्णबहादुर थापा/महेश बस्नेत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री : भीम आचार्य/दीपकचन्द्र अमात्य/कृपासुर शेर्पा, स्वास्थ्य तथा जनसंख्या मन्त्री : खगराज अधिकारी, भूमिसुधार तथा व्यवस्थामन्त्री : दलबहादुर राना, महिला, बालबालिका तथा सामाजिक मामिलामन्त्री : नीलम केसी, वाणिज्य तथा आपूर्ति मन्त्री : सुनील थापा, श्रम राज्यमन्त्री : टेकबहादुर गुरुङ, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री : गिरिबहादुर केसी।
२०७२ असोज २५ मा गठित मन्त्रिपरिषद्
प्रधानमन्त्री : केपी शर्मा ओली, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री : विजयकुमार गच्छदा, उपप्रधान तथा परराष्ट्रमन्त्री : कमल थापा, उपप्रधान तथा ऊर्जामन्त्री : टोपबहादुर रायमाझी, उपप्रधान तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री : सिपी मैनाली, उपप्रधान तथा सहकारी तथा गरिबी निवारणमन्त्री : चित्रबहादुर केसी, उपप्रधान तथा रक्षामन्त्री : भीम रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री : अग्नि खरेल, कृषिमन्त्री : हरिबोल गजुरेल, उद्योगमन्त्री : सोमप्रसाद पाण्डे, भूमि सुधार तथा व्यवस्थापनमन्त्री : रामकुमार सुब्बा, युवा तथा खेलकुदमन्त्री : सत्यनारायण मण्डल, सिँचाइमन्त्री : उमेश यादव, वातावरण र जनसंख्यामन्त्री : विश्वेन्द्र पासवान, स्वास्थ्यमन्त्री : रामजनम चौधरी, गृहमन्त्री : शक्तिबहादुर बस्नेत, शिक्षामन्त्री : गिरिराजमणि पोखरेल, वनमन्त्री : अग्नि सापकोटा, सामान्य प्रशासनमन्त्री : रेखा शर्मा, वाणिज्य तथा आपूर्तिमन्त्री : गणेशमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री : आनन्द पोखरेल, अर्थमन्त्री : विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री : शेरधन राई, शान्ति तथा पुनस्र्थापनामन्त्री : एकनाथ ढकाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री : दीपक बोहरा, विज्ञान तथा प्रविधिमन्त्री : शिवलाल थापा, पशुपन्छी, विकासमन्त्री : शान्ता मानवी, खानेपानी तथा सरसफाइमन्त्री : प्रेमबहादुर सिंह
२०७३ साउन २० मा गठित मन्त्रिपरिषद्
प्रधानमन्त्री : पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री : विमलेन्द्र निधि, अर्थमन्त्री : कृष्णबहादुर महरा, सहरी विकासमन्त्री : अर्जुननर्सिंह केसी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री : रमेश लेखक, उर्जामन्त्री : जनार्दन शर्मा, परराष्ट्रमन्त्री : प्रकाशशरण महत, रक्षामन्त्री : बालकृष्ण खाड, आपूर्तिमन्त्री : दिपक बोहरा, श्रम तथा रोजगारमन्त्री : सूर्यमान गुरुङ, कृषि विकासमन्त्री : गौरीशंकर चौधरी, युवा तथा खेलकुदमन्त्री : दलजित श्रीपाइली, भूमि सुधार व्यावस्थामन्त्री : विक्रम पाण्डे, जनसंख्या तथा वातावरणमन्त्री : जयदेव जोशी, संघीय मामिला तथा विकासमन्त्री : हितराज पाण्डे, सूचना तथा सञ्चारमन्त्री : सुरेन्द्रकुमार कार्की, शिक्षामन्त्री : धनिराम पौडेल, कानुन, न्याय तथा संघीय मामिलामन्त्री : अजयशंकर नायक, सामान्य प्रशासनमन्त्री : केशवकुमार बुढाथोकी, वाणिज्यमन्त्री : रोमी गौचन थकाली, शान्ति तथा पुनर्निर्माणमन्त्री : सीतादेवी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री : जीवनबहादुर शाही, सिँचाइमन्त्री : दिपक गिरी, उद्योगमन्त्री : नविन्द्रराज जोशी, वन तथा भूसंरक्षणमन्त्री : शंकर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री : गगन थापा, सहकारी तथा गरिबी निवारणमन्त्री : हृदयराम थानी, संघीय मामिला तथा स्थानीय विकासराज्यमन्त्री : श्रीप्रसाद जवेगु, उर्जाराज्यमन्त्री : सत्यनारायण भगत, कृषि राज्यमन्त्री : राधिका तामाङ, बिनाविभागीय राज्यमन्त्री : धनमाया विक, वन तथा भूसंरक्षण राज्मन्त्री दिर्घराज भाट, भौतिक पूर्वाधार तथा, यातायात राज्यमन्त्री : सीताराम महतो, सिँचाइ राज्यमन्त्री : सुरेन्द्रराज आचार्य, वाणिज्य राज्यमन्त्री : सुवर्ण ज्वाराचन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री : इन्द्रबहादुर बानियाँ, श्रम तथा रोजगार राज्मन्त्री : दिलीप खवास गच्छदार, जल आपूर्ति तथा सरसफाइ राज्यमन्त्री : दिपक खड्का, उद्योग राज्यमन्त्री : कञ्चनचन्द्र बादे, सहरी विकास राज्यमन्त्री : मिठु मल्ल।
२०७४ जेठ २४ मा गठित मन्त्रिपरिषद्
प्रधानमन्त्री : शेरबहादुर देउवा, उपप्रधान तथा शिक्षामन्त्री : गोपालमान श्रेष्ठ, उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री : विजयकुमार गच्छदार, उपप्रधान तथा परराष्ट्रमन्त्री : कृष्णबहादुर महरा, उपप्रधान तथा ऊर्जामन्त्री : कमल थापा÷महेन्द्रबहादुर शाही, उद्योगमन्त्री : नवीन्द्रराज जोशी÷सुनीलबहादुर थापा, गृहमन्त्री : जनार्दन शर्मा, अर्थमन्त्री : ज्ञानेन्द्रबहादुर कार्की, श्रम तथा रोजगारमन्त्री : फरमुल्लाह मन्सुर, सहरी विकासमन्त्री : प्रभु साह÷दिलनाथ गिरी, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री :आशा कोइराला/विक्रमबहादुर थापा, आपूर्तिमन्त्री : शिवकुमार मण्डल/जयन्त चन्द, स्वास्थ्यमन्त्री : गिरिराजमणि पोखरेल/दीपक बोहरा, रक्षामन्त्री : भीमसेनदास प्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री : वीरबहादुर बलायर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्र : जितेन्द्रनारायण देव, भूमिसुधार तथा व्यवस्थामन्त्री : गोपाल दहित, सूचना तथा सञ्चारमन्त्री : मोहनबहादुर बस्नेत, कृषि विकासमन्त्री : रामकृष्ण यादव, खानेपानी तथा सरसफाइमन्त्री : महेन्द्र यादव, सहकारी तथा गरिबी निवारणमन्त्री : अम्बिका बस्नेत, वाणिज्यमन्त्री : मीनबहादुर विश्वकर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री : यज्ञबहादुर थापा, सिँचाइमन्त्री : सञ्जयकुमार गौतम, युवा तथा खेलकुदमन्त्री : राजेन्द्रकुमार केसी, जनसंख्या तथा वातावरणमन्त्री : मिथिला चौधरी, सामान्य प्रशासनमन्त्री : टेकबहादुर बस्नेत, पशुपन्छी विकासमन्त्री : सन्तकुमार थारू, वन तथा भूसंरक्षणमन्त्री : विक्रम पाण्डे, विज्ञान तथा प्रविधिमन्त्री : दीपक बोहरा।
२०७४ फागुन ३ मा गठित मन्त्रिपरिषद्
प्रधानमन्त्री : केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्र : ईश्वर पोखरेल, गृहमन्त्री : रामबहादुर थापा/खगराज अधिकारी, परराष्ट्रमन्त्री : प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : वर्षमान पुन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री : गिरिराजमणि पोखरेल÷कृष्णगोपाल श्रेष्ठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री : लेखराज भट्ट÷राजकिशोर यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री : रघुवीर महासेठ÷वसन्तकुमार नेम्वाङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री : गोकर्ण विष्ट, वन तथा वातावरणमन्त्री : शक्तिबहादुर बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री : लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री : थममाया थापा, अर्थमन्त्री : डा. युवराज खतिवडा, युवा तथा खेलकुदमन्त्री : जगतबहादुर सुनार (विश्वकर्मा), संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री : रविन्द्रप्रसाद अधिकारी/योगेश भट्टराई÷उमाशंकर अरगरिया, कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री : शेरबहादुर तामाङ, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री : चक्रपाणि खनाल, खानेपानीमन्त्री : बीना मगर/अनिलकुमार झा, स्वास्थ्य तथा जनसंख्यामन्त्री : पद्माकुमारी अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री : गोकुलप्रसाद बास्कोटा, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री : रामकुमारी चौधरी, सहरी विकासमन्त्री : राजेन्द्र महतो, सूचना प्रविधिमन्त्री : नैनकला थापा, कानुनमन्त्री : लीलानाथ श्रेष्ठ, खेलकुदमन्त्री : एकवाल मियाँ, वनमन्त्री : नारदमुनि राना, सामान्य प्रशासनमन्त्री : गणेशकुमार पहाडी, महिलामन्त्री : चन्दा चौधरी, श्रममन्त्री : विमलप्रसाद श्रीवास्तव, लक्ष्मण लाल कर्ण : भूमि व्यवस्थामन्त्री, प्रधानमन्त्रीको कार्यालय : मोहनकुमार बानियाँ, उर्जा राज्यमन्त्री : चन्द्रकान्त चौधरी, महिला राज्यमन्त्री : रेणुका गुरुङ, वन राज्यमन्त्री : आशाकुमारी विक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री : धनबहादुर बुढा।
२०७८ असार २९ मा गठित मन्त्रिपरिषद्
शेरबहादुर देउवा : प्रधानमन्त्री, बालकृष्ण खाड : गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की : सञ्चार तथा सूचना प्रविधिमन्त्री, पम्फा भुसाल : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, राजेन्द्रप्रसाद श्रेष्ठ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, विरोध खतिवडा : स्वास्थ्य तथा जनसंख्यामन्त्री, जनार्दन शर्मा : अर्थमन्त्री, मिनेन्द्रप्रसाद रिजाल : रक्षामन्त्री, उमाकान्त चौधरी : खानेपानी तथा सरसफाइमन्त्री, नारायण खड्का : परराष्ट्रमन्त्री, रेणु यादव : भौतिक योजना तथा निर्माणमन्त्री, प्रेम आले : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की÷दिलेन्द्र प्रसाद बडु : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, देवेन्द्र पौडेल : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, महेन्द्र यादव : कृषि तथा पशुपक्षी विकासमन्त्री, उमा रेग्मी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, शशि श्रेष्ठ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, रामकुमारी झाँक्री : सहरी विकासमन्त्री, गजेन्द्रबहादुर हमाल : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, रामसहाय यादव : वन तथा वातावरणमन्त्री, कृष्णकुमार श्रेष्ठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, महेश्वरजंग गहतराज : युवा तथा खेलकुदमन्त्री, उमेश श्रेष्ठ : स्वास्थ्य राज्यमन्त्री, भवानीप्रसाद खापुङ : शिक्षा राज्यमन्त्री।
२०७९ पुस १० मा गठित मन्त्रिपरिषद्
पुष्पकमल दाहाल : प्रधानमन्त्री, रघुवीर महासेठ : उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, नारायणकाजी श्रेष्ठ : उपप्रधान तथा परराष्ट्रमन्त्री, रवि लामिछाने : उपप्रधान तथा गृहमन्त्री, उपेन्द्र यादव : उपप्रधानमन्त्री तथा स्वास्थमन्त्री, वर्षमान पुन : अर्थमन्त्री, शक्तिबहादुर बस्नेत : उर्जामन्त्री, भानुभक्त जोशी : सामान्य प्रशासनमन्त्री, हितबहादुर तामाङ : पर्यटनमन्त्री, रेखा शर्मा : सञ्चार तथा सूचना प्रविधिमन्त्री, पदम गिरी : कानुनमन्त्री, ज्वालाकुमारी साह : कृषिमन्त्री, बलराम अधिकारी : भूमि व्यवस्थामन्त्री, दामोदार भण्डारी : उद्योगमन्त्री, भगवती चौधरी : महिला तथा बालबालिकामन्त्री, राजेन्द्रकुमार राई : खानेपानीमन्त्री, हरिप्रसाद उप्रेती : रक्षामन्त्री, धनबहादुर बुढा : सहरी विकासमन्त्री, डोलप्रसाद अर्याल : श्रममन्त्री, सुमना श्रेष्ठ : शिक्षामन्त्री, विराजभक्त श्रेष्ठ : युवा तथा खेलकुदमन्त्री, नवलकिसोर साह सुडी : वन तथा वातावरणमन्त्री, दीपक कार्की : वन तथा वातावरण राज्यमन्त्री, तोसिमा कार्की : स्वास्थ्य राज्यमन्त्री (पुनर्गठनपछि), राजेन्द्रप्रसाद लिंगदेन : उपप्रधानमन्त्री तथा उर्जामन्त्री, विक्रम पाण्डे : सहरी विकासमन्त्री, ध्रुवबहादुर प्रधान : कानुनमन्त्री, दीपकबहादुर सिंह : उर्जा तथा जलस्रोत राज्यमन्त्री, पूर्णबहादुर खड्का– उपप्रधानमन्त्री तथा रक्षामन्त्री, नारायणकाजी श्रेष्ठ– उपप्रधानमन्त्री तथा गृहमन्त्री, बेदुराम भुसाल– कृषि तथा पशुपक्षी विकासमन्त्री, धनराज गुरूङ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, अशोककुमार राई : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, शरतसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रकाशशरण महत : अर्थमन्त्री, महिन्द्र राय यादव : खानेपानीमन्त्री, शक्तिबहादुर बस्नेत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, नारायण प्रकास साउद : परराष्ट्रमन्त्री, रेखा शर्मा : सञ्चार तथा सूचना प्रविधिमन्त्री, मोहनबहादुर बस्नेत : स्वास्थ्य तथा जनसंख्यामन्त्री, सुदन किराती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रकाश ज्वाला : भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रञ्जिता श्रेष्ठ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, रमेश रिजाल : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, सीता गुरूङ : सहरी विकासमन्त्री, डिगबहादुर लिम्बु : युवा तथा खेलकुदमन्त्री, सुरेन्द्रराज आचार्य : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, वीरेन्द्रप्रसाद महतो : वन तथा वातावरणमन्त्री, अनिता देवी : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुशीला सिर्पाली ठकुरी : पर्यटन राज्यमन्त्री, नन्दा चपाई : भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री।
२०८१ असार ३० मा गठित मन्त्रिपरिषद्
केपी शर्मा ओली : प्रधानमन्त्री, प्रकाशमान सिंह : उपप्रधान तथा सहरी विकासमन्त्री, विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री, पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री, रमेश लेखक : गृहमन्त्री, आरजु राणा देउवा : परराष्ट्रमन्त्री, देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायातमन्त्री, शरतसिंह भण्डारी : श्रम तथा रोजगारमन्त्री, नवलकिशोर साह सुडी : महिला बालबालिकामन्त्री, बलराम अधिकारी : भूमि व्यवस्था तथा सहकारीमन्त्री, दामोदर भण्डारी : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, तेजुलाल चौधरी : युवा तथा खेलकुदमन्त्री, प्रदीप यादव : खानेपानीमन्त्री, प्रदीप पौडेल : स्वास्थ्यमन्त्री, अजय चौरसिया : कानुन न्याय तथा संसदीय मामिलामन्त्री, बद्रीप्रसाद पाण्डे : पर्यटनमन्त्री, रामनाथ अधिकारी : कृषिमन्त्री, विद्या भट्टराई : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, मानवीर राई : रक्षामन्त्री, दीपक खड्का : जलस्रोत तथा ऊर्जामन्त्री, राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, ऐनबहादुर शाही ठकुरी : वन तथा वातावरणमन्त्री, रघुजी पन्त : शिक्षामन्त्री (विद्या भट्टराई शिक्षामन्त्रीबाट हटेपछि)।
२०८२ भदौ २७ मा गठित मन्त्रिपरिषद्
सुशीला कार्की : प्रधानमन्त्री, रामेश्वरप्रसाद खनाल : अर्थ, सामान्य प्रशासनमन्त्री, कुलमान घिसिङ : ऊर्जा, भौतिक पूर्वाधार, सहरी विकासमन्त्री, ओमप्रकाश अर्याल : गृहमन्त्री, अनिलकुमार सिन्हा : उद्योग, कानुन, पर्यटनमन्त्री, महावीर पुन : शिक्षामन्त्री, मदनप्रसाद परियार : कृषिमन्त्री, जगदीश खरेल : सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुधा गौतम : स्वास्थ्यमन्त्री, बब्लु गुप्ता : युवा तथा खेलकुदमन्त्री, कुमार इङनाम : भूमि व्यवस्थामन्त्री, राजेन्द्रसिंह भण्डारी : श्रममन्त्री, माधवप्रसाद चौलागाइँ : वनमन्त्री, श्रद्धा श्रेष्ठ : महिलामन्त्री, बालानन्द शर्मा : परराष्ट्रमन्त्री।
२०८२ चैत १३ मा गठित मन्त्रिपरिषद्
बालेन्द्र शाह : प्रधानमन्त्री तथा रक्षा, स्वर्णिम वाग्ले : अर्थमन्त्री, सुदन गुरुङ : गृहमन्त्री, शिशिर खनाल : परराष्ट्रमन्त्री, सुनिल लम्साल : भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खडक पौडेल (गनेश) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सस्मित पोख्रेल : शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री, निशा मेहता : स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री, डा. विक्रम तिमल्सिना : सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रतिभा रावल : भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री, सोविता गौतम : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, गीता चौधरी : कृषि तथा पशुपक्षी विकास तथा वन र वातावरणमन्त्री, सीता वादी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, गौरी कुमारी यादव – उद्योग, वाणिज्य तथा आपूर्ति (चैत २७ गतेको पुनर्गठनमा मन्त्री नियुक्त), रामजी यादव : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री (चैत २६ गते मन्त्रीबाट दीपक साहलाई हटाइएपछि २७ गतेको पुनर्गठनमा यादव मन्त्री नियुक्त भएका हुन्।)
(यस अवधिमा विभिन्न समयमा गठित मन्त्रिपरिषद् बेलाबेलामा पुनर्गठन भएका छन्।)
प्रकाशित: ४ वैशाख २०८३ ०८:०४ शुक्रबार



-600x400.jpg)

