२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

उम्मेदवारलाई जिताउन अपिल गरेपछि म्याग्दीका एक मतदान अधिकृत जिम्मेवारीमुक्त

म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहिबार जिम्मेवारीमुक्त गरेको छ।

धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो।  

कार्कीले बिहिबार बिहान प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुक पेजमा सेयर गरेका थिए। कार्कीको फेसबुकको स्कृनसर्टसहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको जिल्ला आचारसंहिता अनुगमन समितिलाई उजुरी दिएका थिए। उजुरीको आधारमा कार्कीलाई कार्यालयले लिखित स्पष्टिकरण मागेको थियो।  

कार्कीले मानवीय भुलका कारण सेयर, लाइक गरेको र तत्काल हटाएको स्विकार गरेका थिए। आचारसंहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए।  

कार्कीलाई हटाएपछि सोही केन्द्रका सहायक मतदान अधिकृत बिष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ। मालिका गाउँपालिका–४ को ओखरबोट माविका प्रअ रहेका कार्कीले निर्वाचन र मतदान अधिकृतको आचारसंहिता विपरितको कार्य गरेपछि जिम्मेवारीबाट हटाइएका हुन्।

प्रकाशित: १ मंसिर २०७९ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App