१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी लुम्बिनी प्रदेश उपाध्यक्ष खत्री कारबाहीमा

सत्ता गठबन्धन भन्दा बाहिर गएर स्वतन्त्र उम्मेदवारको प्रचार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष बिरबहादुर खत्रीलाई पाटीले कारबाही गरेको छ।  

सोमबार नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रमणी खनाल बलदेब र माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालद्धारा सयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा उक्त कारबाही गरिएको जनाइएको हो। पार्टीको निर्देशन र हित विपरित गतिविधी गरेको भन्दै पाटिका सम्पुर्ण जिम्मेवारीबाट निस्कासन गरिएको विज्ञप्तीमा उल्लेख छ।

कारबाही गरिएको उक्त विज्ञप्तीमा भनिएको छ ‘आगामी मंसिर ४ गते हुने निर्वाचनको लागी बाम लोकतान्त्रिक गठबन्धन र प्रचार प्रसारमा होमिएको कुरा सबैलाई अवगत छ। संबिधान रक्षा आर्थिक समृद्धिको लागी गठबन्धन गरि निर्वाचनमा होमिएको सन्र्दभमा रोल्पा जिल्लाको आधिकारी उम्मेदवारविरुद्धमा प्रचार प्रसार गरेको आधिकारीक प्रमाण यस प्रदेश कार्यालयमा आएकाले लुम्बिनी प्रदेशका उपाध्यक्ष बिरबहादुर खत्रीलाई पाटीको सम्पुर्ण जिम्मेवारीबाट मुक्त गरिएको हो।’

विज्ञप्तीमा पार्टीका आधिकारीक उम्मेदवार र गठबन्धनका सबै उम्मेदवारलाई अत्याधिक मतले विजय बनाउन सम्पुर्ण मतदातालाई अनुरोधसहित एकढिक्का भएर निर्वाचनमा होमिन पार्टी पंतिmलाई समेत अपिल गरिएको छ। यस अधि माओवादीले स्वतन्त्र उमेद्वार बनेका पोलिटब्युरो सदस्य दीपेन्द्रकुमार पुनलाई समेत कारबाही गरेको जनाएको थियो। 

गठबन्धनका उमेद्वार कांग्रेस प्रदेश सभापतीविरुद्ध चुनाबी प्रचार गरेको आरोप खत्री माथि आउने गरेको थियो। माओवादी प्रदेश उपाध्यक्ष रहेका उनी गंगादेव गाउँपालिकाका निर्वतमान अध्यक्ष समेत हुन्। दुईवटा नागरिकता लिएको पुष्टी भइसकेको भए पनि राजनितिक आडमा उनि माथि कारबाही हुन सकेको छैन।  

प्रकाशित: २९ कार्तिक २०७९ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App