२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनाव जित्छु,विकास गर्छु: नेता तिमिल्सेना

निर्वाचन क्षेत्रनं २(ख) का प्रदेशसभा सदस्य जन्मजय तिमिल्सेनाले चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा ढुक्क भएको बताएका छन्। आम मतदातामाझ प्रस्तुत हुदा इतिहासदेखि विकास बोकेर हिडेकाले मतदाता विश्वस्त देखिएकाले चुनावमा बिजय निश्चित भएको  तिमिल्सेनाले दाबी गरे।  

जिल्ला भएर बग्ने दुई वटा नदी बबई र  कर्णालीमा बर्सेनि आउँने बाढी नियन्त्रणका लागि आयोजना ल्याउँन र बिगतदेखि तटबन्धका लागि पहलले गर्दा चुनावमा विजयी हुने संकेत देखिएको उनको भनाइ छ। उनी भन्छन्,‘चुनाव जित्छु,विकास गर्छु।’वन्यजन्तु पीडितका लागि चुनाव जिते लगत्तै प्याकेज बनाएर काम गर्ने दिर्घकालिन योजना लागु गर्ने तिमिल्सेनाले  चुनावी सभामा बोल्दै आएका छन्।

चुनावी सरगर्मी बढेसँगै प्रदेशसभा सदस्य पदमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा देखिएको छ। गठबन्धनका साझा उम्मेदवार तिमिल्सेना र एमालेका लाहानु थारुबीच तिब्र प्रतिस्पर्धा रहेको आँकलन छ। यसअघि  तिमिल्सेना नेपाल तरुण दलको कार्यबाहक अध्यक्षका जिम्मेवारी बसेका  छन् भने थारु एमालेका गाबिस उपाध्यक्ष जिम्मेवारी रहदा स्थानीयस्तरमा मतदाताको आर्कषण छ। निर्वाचन क्षेत्रनं. २ को प्रदेश २ ख मा तिमिल्सेना र थारुबीच प्रतिस्पर्धा रोमान्चक देखिएको स्थानीय मतदाताको भनाइ छ।

स्थानीय निर्वाचनमा उक्त क्षेत्रमा ठाकुरबाबा र मधुवन नगरपालिकामा काग्रेसले जित निकाल्न सफल भएको थियो। उक्त क्षेत्रमा गठबन्धनले काग्रेसको जित्ने आधारमा स्थानीय निर्वाचनको मतदानलाई आधार मानेको छ। तर,थारु बाहुल्यरहेको क्षेत्रमा एमालेका प्रतिस्पर्धी थारुको लोकप्रियता गठबन्धनका साझा उम्मेदवार तिमिल्सेनालाई भारी पर्ने एक पक्षिय मतदाताले दाबी गर्दे आएका छन्।

प्रकाशित: २८ कार्तिक २०७९ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App