४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अब आश्वासन होइन ग्यारेन्टीका कुरा गर्छौं: नेता पौडेल

पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार विष्णु पौडेलले अब टुक्रे नभइ एकिकृत विकासको अवधारणा अनुरुप विकासका योजना ल्याउने बताएका छन्।

आइतबार आफनो निर्वाचन क्षेत्रमा भएका चुनावी सभाहरुलाइ सम्बोधन गर्दै पौडेलले दिगो विकासकालािग नयाँ अभ्यासको थालनी गरीने बताएका हुन्।

एमाले उपाध्यक्ष समेत रहेका पौडेलले नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताएका हुन्। ‘स्थानीय आवश्यकता अनुरुप पुल–पुलेसा, बाटो, खानेपाली, विद्युत, शिक्षा स्वास्थ्य लगायतका विकासलाइ समेटेर एकीकृत गुरुयोजना आर्फत व्यवस्थित सहर र बस्तीकोबिकास गर्नेछौं’ नेता पौडेलले भने।

भौतक विकास संगै मानवीय विकास र रोजगारी सिर्जनामा केन्द्रित हुने पनि उनले बताए। ‘हरेक घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकासका योजना ल्याउने छौ र रोजगारी सिर्जना गर्नेछौं’ पौडेलले भने।

उनले नेकपा एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाहरुले जनतामा विकासको भोक जगाएको दावी गरे। रुपन्देही क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले नेकपा एमालेले आश्वासन मात्रै नदिइ ग्यारेण्टीका कुरा गर्ने बताए। ‘अब आश्वासन होइन ग्यारेन्टीका कुरा गर्छौ, सोही अनुसार एमालेको घोषणापत्रमा २० ग्यारेन्टी समेटिएका छन्’ श्रेष्ठले भने। नेकपा एमालेले जनतासँग गरेका ग्यारेन्टि पूरा गर्न प्रतिवद्ध छ। एमालेले मात्रै मुलुकलाइ समृद्धिको दिसामा डोर्याउन सक्ने श्रेष्ठले दावी गरे।

प्रकाशित: २७ कार्तिक २०७९ १६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App