१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधानको रक्षाका लागि गठबन्धनले जित्नै पर्छ: मन्त्री कार्की

प्रदेश १ का आन्तिरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले संविधानको रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धनले जित्नै पर्ने बताएका छन्। शनिबार विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मन्त्री कार्कीले निर्वाचन संविधान मास्ने र जोगाउने बीचको प्रतिस्पर्धा भएकाले बाम लोकतान्त्रिक गठबन्धनले जित्नै पर्ने बताए।  

उनले बाम लोकतान्त्रिक गठबन्धन संविधान रक्षाका लागि गठन भएको दाबी गरे। उनले भने‘बाम लोकतान्त्रिक गठबन्धन संविधान रक्षाका लागि गठन भएकाले संविधानको रक्षा गर्न गठबन्धनले जित्नै पर्छ।’ कार्कीले निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका सबैले जिते मात्रै देशमा स्थिर सरकार र तिब्र विकास सम्भव हुने स्पष्ट पारे।  

कार्यक्रममा बहुजन शक्ती पार्टीका मोरङ क्षेत्र नम्बर ६(२)का उमेदवार अमृतकुमार पासवानले बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्दै पासवानले आफूले दिएको उम्मेदवारी निष्क्रिय पारी  संविधान र लोकतन्त्रको रक्षाका लागि बाम लोकतात्रिक गठबन्धनलाई सहयोग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेको बताए।  

प्रकाशित: २६ कार्तिक २०७९ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App