coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गठबन्धनले जनताको जीवनलाई बदल्ने संकल्प लिएकाे छ: बालकृष्ण खाँण

गृहमन्त्री एवम् नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको बताएका छन्।

सत्तारुढ गठबन्धनले जनताको जीवनलाई बदल्ने संकल्प लिएकाले सोही गठबन्धनलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आम मतदाताले साथ दिनुपर्ने उनको भनाई थियो। 

शुक्रबार भैरहवामा आयोजित नेपाल महिला संघको रुपन्देही भेलामा बोल्दै उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा विजयी भए मुलुकमा आर्थिक क्रान्तिको सुरुवात हुने आश्वासन समेत दिए। गृहमन्त्री खाँणले मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन अहिले सत्तामा रहेका दलहरुको नेतृत्वमा सम्भव भएकाले मुलुकको आर्थिक क्रान्ति पनि सोही दलहरुको नेतृत्व सम्भव हुने तर्क समेत गरे। 

उनले भने, नेपालमा पाँच दलीय गठबन्धनले आर्थिक क्रान्तिको सुरुवात गर्नेछ। नेपाली नागरिकको जीवनमा देखिने परिवर्तन ल्याउन सक्नेछ भन्ने विश्वास गर्नुहोस र मतदातालाई पनि विश्वास दिलाउनुहोस् भन्ने म आग्रह गर्न चाहन्छु। हिजो हाम्रो संयुक्त आन्दोलनले पञ्चायती व्यवस्था समाप्त गर्छौं भन्दा पञ्चहरुले पत्याउनु भएन। निरंकुश राजतन्त्रको अन्त्य गर्छौं संविधानसभाको चुनाव गरेर भन्दा उहाँहरुले विश्वास गर्नु भएको थिएन। तर, आज दलहरुबीच भएको सहमतीले निर्दलीय पञ्चायती व्यवस्था हिजो फालिएको थियो।

दलहरुबीचको सहमतिको आधारशीलामा संविधानसभाको चुनाव सम्पन्न भयो। दलहरु बीचमा भएको सहमतीको आधारमा संविधान बनेको छ। दलहरुबीच भएको सहमतीको आधारशीलामा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। दलहरुबीचमा भएको सहमतीले नेपालमा गुरुत्व आकार लिएको छ। ठूल्ठूला राजनीतिक परिवर्तनहरु भएका छन्।

त्यसकारण अहिले पाँच दलीय गठबन्धनको बीचमा भएको सहमतीले जनताको जीवनलाई बदल्न सकिनेछ भन्ने अठोट हामीले लिनु परेको छ। संकल्प गर्नु परेको छ। म विश्वास दिलाउन चाहन्छु–महिला दिदीबहिनीहरुको यो सम्मेलनमा हामीले हाम्रो पाँच दलीय गठबन्धनले नेपालको प्रगति गर्न सकिनेछ, नेपालको गरिवी घटाउन सकिनेछ। नेपालमा रोजगारी उपलब्ध गराउन सकिनेछ। सत्तारुढ गठबन्धनलाई साथ दिनु हामी सबैको दायित्व हो।’

गृहमन्त्री खाँणले पाँच दलीय गठबन्धनकै नेतृत्वमा मुलुकमा गरिवी हट्ने र रोजगारीको अवसर उपलब्ध गराउन सकिने जिकीर पनि गरे। त्यस अवसरमा उनले रुपन्देहीलाई देशकै आर्थिक विकासको केन्द्र बनाउन आफूले चाहेको बताए।

प्रकाशित: २५ कार्तिक २०७९ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App