४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुनसरी २ मा मेहता र आचार्यबीच प्रतिस्पर्धा

भीम आचार्य र सीताराम मेहता।

‘परीक्षण’ भइसकेका मुख्य दलका नेताहरूबीच सुनसरी क्षेत्र नं. २ मा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यो क्षेत्रमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट प्रतिनिधीसभाका लागि कांग्रेसका सीताराम मेहता र एमाले–जसपा गठबन्धनका तर्फबाट प्रदेश नं. १ का पूर्वमुख्यमन्त्री एमाले नेता भीम आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको हो।  

क्षेत्र नं. २ मा मेहता र आचार्यबाहेक प्रतिनिधिसभाका लागि २७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। कांग्रेस नेता २०७४ सालमा क्षेत्र नं. २ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं. ४ बाट एका थिए। आचार्य २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ (ख) बाट र पहिलो तथा दोस्रो संविधानसभा निर्वाचन क्षेत्रमा सनुसरी क्षेत्र नं. ६ हुँदा विजयी भएका थिए।  

दुवैजना नेता ‘टेस्ट’ भइसकेकाले जनतामा उत्साह भने छैन। यहाँका मतदाताले नयाँ फ्रेस उम्मेदवार खोजे पनि पुरानै नेता उम्मेदवार भएर जनताको घरदैलामा पुगिरहँदा आम नागरिकले भने नयाँ परिवर्तन हुने आशा गरेका छैनन्। ‘हाम्रो क्षेत्रमा नयाँ अनुहार उम्मेदवार नहुँदा खासै जागर चलेको छैन, मलार्ईं त त्यति चासो पनि छैन,’ देवानगञ्ज वडा नं. १ का अर्जुन मेहताले भने।  मेहता र आचार्य दुवैजना इनरुवा नगरपालिकाकै बासीन्दा हुन्। मेहता पुनः क्षेत्र नं. २ बाट जसरी पनि जित्ने राणनीतिमा लागेका छन्। आचार्यले निर्वाचनैपिच्छे क्षेत्र परिवर्तन गरिरहेकोमा यसपटक भने आफ्नो घर पायक क्षेत्रबाट जितेर सधैंभर आफ्नो स्थायी चुनावी क्षेत्र बनाउने योजनामा छन्।  

दुवै जना नेताका गहकिला र दीर्घकालिन योजना भने छैनन्। तरपनि दुवै जना चुनाब जित्ने दावी गर्दै आएका छन्। मेहताले आफूलाई जनताले विश्वास गर्ने दावी गर्दै आएका छन्। आचार्य निर्वाचनपिच्छे क्षेत्र परिवर्तन गरेको र मुख्यमन्त्री हुँदा कुनै प्रभावकारी काम नगरेकाले गर्दा जनताले विश्वास गरिहाल्ने अवस्था नभएको जनाउँदै मेहता मतदातालाई रिझाउँन सक्रिय छन्। आचार्य भने आफूले अहिलेसम्म चुनाव लडेको क्षेत्रमा विकास निर्माणको जग बसाएको र अब नयाँ ठाउँमा केही नयाँ काम गरेर देखाउने योजनाका साथ उम्मेदवार बनेको मतदातालाईं बताउँदै आएका छन्।  

क्षेत्र नंं. २ मा इटहरी उपमहानगरपालिकाका दसवटा, रामधुनी र इनरुवा नगरपालिकाका छ–छ वटा, देवानगञ्जका सातैवटा र हरिनगरको एउटा वडा पर्छन्। मेहताले अघिल्लोपटक बाम गठबन्धनको लहर देशभर चलेका बेला एक्लै चुनाव जितेकोमा यसपटक गठबन्धनको साथ हुँदा अवसर छ। अर्कातिर आचार्यलाईं पनि जसपासँगको तालमेलले पक्कै राहत प्रदान गर्नेछ।  

संगठनको आधारमा नेपाली कांग्रेसको इनरुवा, देवानगञ्ज र हरिनगरमा बलियो छ। तर, स्थानीय तहको निर्वाचनमा देवानगञ्जमा नेपाली कांग्रेसका नेताबीचको द्दन्दले गर्दा हार बेहोरेको थियो। कांग्रेसभित्र गुटबन्दी बढेर गएतापनि मेहताको हकमा भने कमै असन्तुष्टि छ।  

पछिल्लो समय नेकपा एमाले सुनसरी जिल्ला अधिवेसन हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर र दस बुँदे सहमतिका पक्षधरबीच विवाद चर्केको थियो। त्यतिबेला एमालेकाका अहिलेका अध्यक्ष एवम् क्षेत्र नं. २ (क) का उम्मेदवार रेवतीरमण भण्डारीले दस बुँदे पक्षीय नेता आचार्यलाई सार्वजनिक रूपमै विभिन्न आरोप लगाउँदै कडा आलोचना गरेका थिए। एमालेको अधिवेसनताका आचार्यले नेता खेम पोखरेललाई अध्यक्षमा सहयोग गरेका थिए। साथै, २०७४ सालको स्थानीय निकायको चुनाबमा आचार्यले उम्मेदवार बनाउँदा केही व्यक्तिसँग पैसा लिएको आरोप अहिले पनि लाग्दै आएको छ। यस हिसाले हेर्दा आचार्यले एमालेलाई संगठीत गर्नुका साथै स्वतन्त्र मत आफ्नो पक्षमा पारेमा जित निकाल्न सक्नेछन्।  

मेहता र आचार्य दुवै जना दक्षिणतर्फ इनरुवा, देवानगञ्ज र हरिनगरबाट बढी मत खस्नेमा आशावादी छन्। मेहताले अघिल्लो पटक चुनाब जितेर गएपछि इटहरीलाई कम प्राथमिता दिएको आरोप लाग्दै आएको छ। इटहरीमा एमालेबीचको असन्तुष्टि र एकीकृत समाजवादीमा प्रवेश गर्ने इटहरी क्षेत्रका धेरैजसो आचार्यसँग निकट भएकाले गर्दा पक्कै पनि असर गर्ने देखिन्छ। खासगरी, आचार्यसँग निकट मानिएका नेता धर्म निरौला, केशव विष्ट, द्वारिकलाल चौधरी, चिरञ्जिवी भट्टराईलगायतका नेता यतिबेला फरक पार्टीमा छन्। मेहतालाईं इनरुवा र देवानगञ्ज क्षेत्रबाट जातीय साहनुभूति मत आउने अनुमान गरिएको छ। जातीय ‘प्यार्टन’ को मत आएमा मेहताको सम्भावना वलियो छ। तर, जातीय ‘प्यार्टन’ को मत नखस्दा भने मेहताले निकै सकस हुनेछ।

मेहता आचार्यको तुलनामा मतदातासँग बढी घुलमिल हुने गरेका छन्। यसले उनलाई केही हदसम्म फाइदा पुग्ने देखिन्छ। ‘जनता भनेका जर्नादन हुन, मलाईं जनताले अपार माया र स्नेह गरेका छन, म उत्साही छु,’ मेहताले भने, ‘चुनाब हार्ने सम्भावना नै छैन।’ आचार्यले पनि यसपटकबाट मतादातासँग बढी घुलमिल गर्न र राजनीतिक दललाई कुनै प्रकारको आरोप नलगाईकन मतदाता आकर्षिक गर्ने रणनीति अप्नाएका छन्। ‘जनताले व्यक्ति पनि हेर्छन, यसपटक जनता परिवर्तनको पक्षमा छन,’ आचार्यले भने, ‘यसपटक जनताको साथ मलाई अवश्य हुनेछ।’  

कांग्रेस नेता मेहताले २०७४ सालको निर्वाचनमा ४१ हजार ४९५ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला उनका निकटम प्रतिद्दन्दी माओवादी केन्द्रका डम्मरु सु्वेदीले ३५ हजार ३४९ मत ल्याएका थिए। सुवेदी अहिले एमालेमै लागेका छन्। प्रदेशसभाका लागि भने कांग्रेस नेतृत्वको गठबन्धनबाट क्षेत्र नं. २ ‘क’ तर्फ एमाले परित्याग गरेर केही दिनअघि मात्र माओवादी केन्द्रमा प्रवेश गरेका द्दारिकलाल चौधरी र एमालेका तर्फबाट भने क्षेत्र नं. २ ‘क’ बाट जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। चौधरी इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर समेत हुन्।  

उनले आफूलाईं इटहरीका दसवटा वडामध्ये सातवटाबाट अधिक मत आउने दाबी गरेका छन्। खास गरेर चौधरी समुदायको बाहुल्यता रहेको वडा नं. १६, १७, १८ र १९ बाट बढी मत आउने उनको दाबी छ। रामधुनीमा पर्ने दुईवटा वडा ३ र ५ बाट पनि आफूलाई बढी मत आउने चौधरीको दाबी छ।

भण्डारीले कांग्रेस पक्षकै मत आफूलाई आउने बढी आशावादी छन्। भण्डारीले विगतमा माओवादीबाट पीडित भएका थुप्रै बासिन्दा त्यसमा पनि कांग्रेसका कार्यकर्ताले चौधरीलाई मतदान नगर्ने विश्वास गर्छन्।  

क्षेत्र नं. २ (ख) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला र एमालेका रामप्रसाद मेहताबीच प्रतिस्पर्धा हुँदैछ। कोइरालाले २०७४ सालको निर्वाचनमा पनि मेहतालाई नै हराएर विजयी भएका थिए। २०७४ सालमा कांग्रेसबाट उम्मेदवार नबनेपछि असन्तुष्ट भएर एमाले प्रवेश गरेका मेहता पनि जातीय साहनुभूति मत पाएर जित्नेमा आशावादी छन्। त्यतिबेला कोइरालाले १७ हजार ८ सय ९२ मत ल्याउँदा मेहताले १६ हजार ४७५ मत ल्याएका थिए। कोइराला आफूले पाँच वर्षको दौरानमा गरेको कामका कारण जित्ने आशामा छन्। तर, दुवै जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।  

सुनसरी क्षेत्र नं. २ को प्रतिनिधिसभामा १ लाख ४९ हजार ४ सय ७६ मतदाता छन्। यस्तै, प्रदेश २ ‘क’ मा ८० हजार ४ सय ३७ र प्रदेश २ ‘ख’ मा ६९ हजार १ सय २९ मतदाता छन्।

प्रकाशित: २३ कार्तिक २०७९ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App