६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपा नेपालका उम्मेदवार माओवादी केन्द्र प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गोरखा क्षेत्र नम्बर २ प्रदेश १ का उम्मेदवार सुबोध बस्नेत माओवादी केन्द्र प्रवेश गरेका छन्। शुक्रवार गोरखा क्षेत्र नम्बर २ अन्तरगत गोरखा नगरपालिका १२ मा आयोजित लोकतान्त्रीक बाम गठबन्धनको चुनावी कार्यक्रममा उम्मेदवार बस्नेत माओवादी केन्द्र प्रवेश गरेका हुन्।  

‘गोरखामा देशकै ठुलो लिडर प्रचण्ड आउनुभएको छ, मेरो उम्मेदवारी निस्क्रीयपार्दै उहाँलाई समर्थन गर्ने निर्णय गरेको छ’ उम्मेदवार बस्नेतले भने। गोरखाको बिकासका लागि प्रचण्डको भुमिका रहेको बताउँदै उनले आफु पनि उहाँ सँगै चुनावी अभियानमा लाग्ने बताए।

प्रकाशित: १८ कार्तिक २०७९ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App