७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

दिनेश कोइराला प्रति जगन्नाथ समूह आक्रमक, गठबन्धनप्रति मौन

जगन्नाथ पौडेल।

स्थानीय तहको निर्वाचनमा पूर्व सांसद जगन्नाथ पौडेललाई नेपाली कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भिमप्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मिना खरेलको दरिलो साथ थियो।  त्यतिखेर सापकोटा प्रस्ताव र खरेल समर्थक बनेकी थिईन्।  तर, स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेर निर्माण गरेको ‘भुईकटहर समुह’ दुईतिर लागेका छन्।  प्रतिनिधिसभा निर्वाचनमा जगन्नाथ पौडेलले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिएपछि यो समूह फुटेको हो।  

सापकोटा, श्रेष्ठ र खरेलले चितवन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोराइरालालाई साथ दिएका छन्।  अर्को तर्फ पौडेललाई पूर्व सभापति टिकाराम न्यौपाने, दरुणदल चितवनका संस्थापक अध्यक्ष शम्भु अर्याल, पूर्व सचिव आनन्द राउतको साथ छ।  पौडेल अहिले सुर्यमुखी चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन्।  एमालेको साथ समेत पाएका कोइराला माछा चुनाव चिन्ह लिएर चुनावी दौडमा छन्।    

तुलनातमक रुपमा यसपटक कमजोर देखिएको जगन्नाथ समुह दिनेश कोइराला प्रति आक्रोषित छ।  आफूलाई आधिकारी कांग्रेस भएको दाबी गर्दै यो समूहले कोइरालाका गल्ति औल्याउँदै कांग्रेसको भोट तान्ने प्रयास गरिरहेको छ।   नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति टिकाराम न्यौपानेले नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै आधिकारीक उम्मेद्वार जगन्नाथ पौडेले भएको दाबी गरे।  

‘चितवनले अहिलेसम्म केन्द्रिय सदस्य पाएको थिएन।  यसपटक ६ जना केन्द्रिय सदस्य पाएको थियो।  त्यसमा म खुशी थिएँ।  चितवन बन्यो भन्ने हिम्मत थियो।  तर, अहिले चितवन चितवन होइन चितवन बिग्रियो भन्ने चिन्ता मलाई छ।   उनले भने ६ जना केन्द्रिय सदस्य एक्जना आएर चुनाव लड्नु भयो।  कस्को चिन्हमा फेरी सूर्य चिन्ह लिएर।  कांग्रेसको चुनाव चिन्ह होइन।  केन्द्रिय सदस्य भएको मान्छेले टिकट लडेर ल्याउनु पर्दथ्यो।  हामी काँधमा बोकेर हिड्दथ्यौँ।  उल्टो जगन्नाथ जिको बागी उठ्नुभयो’ उनले भने ‘दिनेश मेरै वार्डका मान्छे हो मलाई पश्चताप छ। ’ चितवनमा बिद्रोह गर्ने मान्छे अरु रहेको बताए।  प्रदेशसभामा नेपाली कांग्रेसबाट रुख चिन्ह लिएर उठेका प्रा.डा.सूर्यकान्त घिमिरेलाई भोट हाल्ने उनले बताए।  तर, दिनेश कोइरालाले घिमिरेलाई भोट हाल्न नसक्ने उनले जिकिर गरे।  

स्थानीय तहको निर्वाचनमा जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाबाट १४ हजार ७२८ मत प्राप्त गरेको थियो।  २९ वडा मध्ये यस निर्वाचन क्षेत्रमा २० वडा पर्दछन्।  त्यसमध्ये नौ वटा वडामा जगन्नाथ पौडेलले करिव सात हजार मत ल्याएका थिए।  यसरी हेर्दा चितवन क्षेत्र नम्बर ३ मा पर्ने महानगरपालिकाका वडामा पौडेलको आठ हजार हाराहारी मत आएको थियो।  तर, अहिले त्यो भोट बाँडिने सम्भावना बढी छ।  पार्टी शुद्धिकरण अभियान दिएर चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका जगन्नाथ पौडेल आफ्नो चाहना विपरीत उम्मेदवारी दिएको बताउँछन्।  ‘यसपटक उम्मेद्वार बन्ने मेरो इच्छा थिएन।  उहाँहरुले (सापकोटा, श्रेष्ठ) नै उम्मेद्वार दिन लगाउनु भएको हो। ’ बिहिबार चोकबजारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पौडेलले भने, ‘अहिले विजय पथमा बाधा व्यवधान खडा गर्ने गरी षड्यन्त्रपूर्ण तरिकाले उम्मेद्वार थुपार्ने काम भएको छ।  साथीहरुले गर्नुभएको यो कार्य जाल झेल र अनैतिक हो। ’  उनले व्यक्तिगत इष्र्या राखेका कारण कांग्रेस फेरि कमजोर भएको बताए।  स्थानीय चुनावमा आफूलाई हराउन लागेका व्यक्तिहरुसंग साठगाँठ गरेको आरोप समेत लगाए।  नैतिक रुपले आफ्नो विजय भएको उनको भनाई छ।  

चुनाव चिन्ह रुखलाई स्थापित गर्ने अभियानमा लागेको यो समूहको निस्कर्ष छ।  विगतमा गठबन्धन तर्फ आकोर्षित देखिए पनि जगन्नाथ समह प्रतिनिधिसभाको निर्वाचनमा कोइराला समूहलाई आलोचना गर्नेमा नै केन्द्रित देखिन्छ।  अर्को तर्फ गठबन्धन पक्षले पनि उम्मेद्वारी निस्कृय नबनाउन दबाव दिएको बुझिएको छ।  तरुण दल चितवनका पूर्व अध्यक्ष शम्भु अर्याल व्यक्तिगत महत्वकांक्षाका कारण पार्टी शुद्धिकरणको अभियान छाडेको बताउँछन्।  ‘हामी चाहन्छौँ पार्टी भित्र रहेर संघर्ष गरौँ।  उहाँहरु चाहनुहुन्थ्यो समानात्र पार्टी गठन गरौँ।  त्यसैले कुरा मिलेन।  उहाँहरु भन्नुहुन्थ्यो सबै ठाउँमा उम्मेद्वारी दिउ।  हामी भन्थ्यौँ रुख भएको ठाउँमा उम्मेदवारी नदिऔँ। ’ उनले भने, ‘उहाँहरु पार्टीमा आफ्नै भनाई लाद्न चाहनुहुन्थ्यो जुन कुरा हामीले चाहेनौँ।  त्यसैले हाम्रो अभियानलाई छाड्नु भयो। ’  

चितवन क्षेत्र नम्बर तीन प्रचण्डको निर्वाचन क्षेत्र हो।   कांग्रेसकै विद्रोही समूहले सहयोग नगर्ने संकेत पाएपछि उनी गोरखा पुगेका छन्।  अहिले यस क्षेत्रका ठूला दल नेपाली कांग्रेस र एमालेको चुनाव चिन्हबाट उम्मेद्वार नै छैनन्।  यहाँ कांग्रेसले नेकपा(माओवादी केन्द्र)लाई सहयोग गरेको छ भने एमालेले कांग्रेसकै दिनेश कोइरालालाई।  एमालेको सहयोग पाएको अवस्थामा कोइरालालाई साथ दिएको कृष्णलाल सापकोटा बताउँछन्।  ‘हाम्रो समुहमा रहनुभएका जगन्नाथ, तारानाथ पौडेल र दिनेश कोइराला उम्मेदवार हुनुहुन्छ।  उहाँहरुलाई भोट बाड्यौँ भने गाह्रो छ।  सक्भर एउटा बनाउन पाए हुन्थ्यो।  भन्ने हो।  तर, अझै आशा मरेको छैन,’ उनले भने ‘एमालेले साथ दिएको अवस्थामा दिनेशले छोड्दा अर्कोले जित्ने अवस्था मैले देख्दिन।’

प्रकाशित: १८ कार्तिक २०७९ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App