५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचन प्रचार प्रसारमा जाँदा अनिवार्य आयोगको अनुमति लिनुपर्ने

सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमती अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको प्रष्टयाउनु भएको हो।  

बुधबार काठमाडौंस्थित आयोगको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहितामा व्यवस्था गरिए अनुसार कुनै पनि सरकारी स्रोत र साधनको दूरुपयोग नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए।  

निर्वाचन आचारसंहिता २०७९ ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरुले आयोगको सहमतीमा निर्वाचन प्रचार प्रसार हुन पाउने व्यवस्था गरेको र आयोगले नेपालको संविधानले तोके बमोजिम आवातजावतमा रोकतोक नगर्ने बताउँदै उनले सार्वजनिक पद धारण गरेका प्रधानमन्त्री,मन्त्री, प्रदेश मन्त्रीहरुले अनुमति लिएर जान सक्ने बताए। 

प्रकाशित: १६ कार्तिक २०७९ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App