२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पश्चिम म्याग्दीमा पृथ्वीनारायण शाहको तस्वीर बोकेर मत माग्दै राप्रपा

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोटमा राप्रपाको अभियान।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दी आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको तस्वीर लिएर म्याग्दीको ग्रामिण क्षेत्रमा चुनावी अभियानमा छ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ग्रेटर नेपाल बनाउने पृथ्वीनारायण शाहको योगदान र देशको अहिलको अवस्था बनाउनेहरूका बारेमा मतदातालाई जानकारी दिन भन्दै राप्रपाले हरेक चुनावी अभियानमा तस्वीर सहित उपस्थित भएको छ।  

राप्रपाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगतप्रसाद गौचनले नेपालको इतिहासमा पृथ्वीनारायण शाहले दिएको योगदान र बाइसी–चौबीसी राज्यलाई मिसाएर नेपाल बनाउन खेलेको भूमिकाका बारेमा नयाँ पुस्तालाई जानकारी दिन समेत तस्वीर लिएरै चुनावी अभियान सुरु गरेको बताए। पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाको चुनावी अभियानमा ब्यस्त राप्रपाले सन् १८६० को सुगौली सन्धिका हस्ताक्षरकर्ताहरुले नेपालको अस्तित्व निल्न खोजेको आरोप गौचनको छ।

‘नेपाल बनाउने र मास्नेहरूलाई मतदाताले चिन्न जरुरी छ, फर्केर हेर्दा ठूला दलहरूको मिलेमतोमा छिमेकीले नेपाली भूभाग नै मिचेको छ’ उम्मेदवार गौचनले भने। उनले ग्रेटर नेपालको ठूलो हिस्सा छिमेकी भारतले गाभेको र  कालापानी र सुस्ता लगायतका भूभागमा रजाई गरेकाले अब देशको रक्षाका लागि राप्रपालाई मतदान गर्न अपिल गरेको बताए। संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र सहितको मुलुक बनाएर दिगो विकास र स्थायीत्वका लागि राप्रपाको जितको बिकल्प नरहेको दावी समेत गरेको छ।

प्रकाशित: १५ कार्तिक २०७९ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App