५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अतिक्रमित जग्गा संरक्षण गर्न एमालेको माग

कोहलपुर नगर विकास समितिको अतिक्रमित जग्गा अतिक्रमणमुक्त गरी संरक्षण गर्नुपर्ने नेकपा एमाले कोहलपुरले माग गरेको छ। नेकपा एमालेका कोहलपुर नगर अध्यक्ष खिलप्रसाद भुसालले एक विज्ञप्ति जारी गर्दै नगर विकासको अतिक्रमित जग्गा अविलम्ब अतिक्रमणमुक्त गरी संरक्षण गर्नुपर्ने माग गरेका हुन्।

कोहलपुर नगर विकास समितिको करिब साढे एक सय ७७ विगाह जग्गा अतिक्रमणमा परेको एमालेले जनाएको छ। नगर विकास समितिले टेण्डरबाट लिलाम बढाबढ गरेको थियो। बढाबढबाट जग्गा पाएका कतिपय जग्गाधनीले लालपुर्जा पाए पनि जग्गाको भोगाधिकार पाउन सकेका छैनन्। अहिले उक्त जग्गा अतिक्रमणमा परेको छ। ‘नगर विकास समितिभित्र गोप्य टेण्डरबाट लिलाम बढाबढमा नियमानुसार प्राप्त गरेका केही व्यक्तिका जग्गाहरु भूमाफिया र तिनका नायिकेहरुले हठात कब्जा गरी बसेको प्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि समयमा नै त्यस अतिक्रमण हटाई सबैलाई समान विचार र सबैलाई समान न्याय नभएको खण्डमा हाम्रो पार्टीले अन्याय र विभेदपूर्ण व्यवहार भएको ठहर गरी त्यसको प्रतिवाद गर्न बाध्य हुनेछ।’

‘कोहलपुर नगरपालिकाले सार्वजनिक वा संस्थागत जग्गा संरक्षण गर्न र सफा सुन्दर हराभरा कोहलपुर नगरपालिकाको दिगो विकासको लागि चालिने राम्रा कामको साथमा सहकार्य गर्न हामी र हाम्रो पार्टी सदैव तयार रहेको जानकारीसहित साविक रझेना ४ ख को कित्ता नम्बर ७६, ७७, ७८ र ७९ को ६ बिगाह र नगर क्षेत्रभित्रका सम्पूर्ण अतिक्रमणलाई हटाइ संरक्षण गर्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँदछुँ,’ उक्त विज्ञप्तिमा भनिएको छ। सरकारी, सार्वजनिक र संस्थागत जग्गा राजकीय वा सार्वजनिक हितका लागि प्रयोग गर्न जरुरी रहेको एमालेले जनाएको छ। उक्त विषयको उठान गर्दा वर्षाैंदेखि यस नगर क्षेत्रभित्र बसोबास गरी आएका अव्यवस्थित बसोबासी र सुकुम्वासीहरुलाई अविलम्ब जग्गा धनीपूर्जा व्यवस्था गर्न एमाले प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: १३ कार्तिक २०७९ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App