६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओलीको स्वास्थ्यमा सुधार, धुलावारी र दमकको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज क्षेत्र नं १ र ५ मा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी हुने भएका छन्।  

आज बिहान ११ बजे क्षेत्र नं १ स्थित को धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी हुनेछन्।  

यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना गरिएको क्षेत्र नं ५ स्तरीय नेता तथा कार्यकर्ता सहभागी हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए।  

मंगलबार अध्यक्ष ओलीको स्वास्थ्यमा केही समयस्या आएपछि प्रेस चौतारी झापाले आयोजना गरेको कार्यक्रममा उनी सहभागी भएका थिए। 

प्रकाशित: २ कार्तिक २०७९ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App