१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

जितेर पाँच वर्ष सरकार चलाउनुपर्छ, ओलीको जस्तो तीन वर्षमा गिराउने हैनः बाबुराम भट्टराई

गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईसँग भलाकुसारी गर्दै भट्टराई र गोरखा २ ‘ख’ का उम्मेदवार सुरेन्द्रराज पाण्डे।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा १ ले गठबन्धनको तर्फबाट पर्यटन क्षेत्रबारेमा राम्रो ज्ञान भएका उम्मेदवार पाएको बताएका छन्।

शनिबार गठबन्धनका दलहरुको आयोजनामा नेपाली काँग्रेसको पार्टी कार्यालय तीनधारेमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा उनले भने ‘उत्तरी गोरखा र मनास्लुलाई पर्यटकीय दृष्टिकोणले विकास गर्नुपर्छ, त्यहाँ अहिले गठबन्धनबाट राजेन्द्र बजगाई उम्मेदवार हुनुहुन्छ, उहाँ आफैँ पर्यटन क्षेत्रको पनि भएकाले नुबझ्ने कुरै भएन।’

बजगाईको अनुभव र कामले पनि उत्तरी गोरखाको पर्यटन लगायत सामग्र विकास प्रभावकारी हुनेमा आशावादी हुन उनले अनुरोध गरे। गठबन्धन दलबीचको एकता नयाँ युगको सुरुवात भएको बताउँदै उनले त्यसका लागि चुनाव पहिलो खुड्किलो भएको बताए।

‘गठबन्धन बन्नु वैचारिक कारण पनि छ, विकास र समृद्धिका लागि काँग्रेस र वामपन्थीबीचको सहकार्य नभइ हुँदैन’ उनले भने। गठबन्धन दलले जितेन भने, प्रतिनिध सरकारमा पुगेर र सरकार चलेन भने विकास र समृिद्ध सम्भवन हुने उनले बताए। ‘जितेर सरकार नै चलाउनुपर्छ, ओलीको जस्तो तीन वर्षमा गिराउने हैन, पाँच वर्ष चलाउनुपर्छ, नभए त सम्धीको गफ जस्तै हुन्छ’ गठबन्धनलाई जिताउन आग्रह गर्दै उनले भने।

आफूले यसअघि निर्वाचनमा गोरखा २ बाट खसेको मतको ८३ प्रतिशतमतप्राप्त गरेको प्रशंग जोड्दै उनले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भने ‘अहिले पनि कठित त छ तर असम्भव छैन, तपाईले ९० प्रतिशत मत ल्याउनुपर्छ, नयाँ इतिहास लेख्नुपर्छ र गठबन्धन पाँच वर्ष चल्नुपर्छ।

प्रकाशित: २९ आश्विन २०७९ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App