६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनावी घोषणा पत्र लेख्न ओली पुगे लाकुरीभञ्ज्याङ (तस्बिरहरू)

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने निर्वाचन केन्द्रित घोषणापत्र तयारीका क्रममा ललितपुरको लाँकुरी भञ्ज्याङ्गस्थित द टेरेसेस रिसोर्टमा पुगेका छन्।  

अध्यक्ष ओली एमालेका केही नेताहरूसहित शनिबार लाकुरीभञ्ज्याङ पुगेका हुन्। उनको सचिवालयका अनुसार ओलीले त्यहाँ घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरिरहेका छन्।

शनिबार ललितपुरको द टेरेसेस रिसोर्टमा घोषणापत्र मस्यौदा छलफल गर्न अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत लाँकुरी भन्ज्याङ पुगेका छन्।

प्रकाशित: २९ आश्विन २०७९ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App