६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेश प्रदेश सरकार: मुख्यमन्त्री राउतले हटाए काँग्रेसका तीन मन्त्री

फाइल तस्बिर।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली काँग्रेसबाट मन्त्री बनेका ३ जनालाई पदमुक्त गरेका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादीबाट मन्त्री र राज्यमन्त्रीलाई भने हटाइएको छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई पदमुक्त  गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली काँग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन्।

काँग्रेसबाट मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन्। उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए। तर राजीनामा नदिएपछि बर्खास्त गरेका एक मन्त्रीले जानकारी दिए।

प्रकाशित: २८ आश्विन २०७९ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App