coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कपिलवस्तुमा २८ मतदान स्थल अति संवेदनशील

निर्वाचनमा ३७ सय बढी कर्मचारी र ४ हजार बढी सुरक्षाकर्मी खटाइने

कपिलवस्तुमा २८ मतदान स्थल सुरक्षाको दृष्किोणले अति संवेदनशील सुचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यस अघि हुन सक्ने घटनालाई मध्यनजर गरी २८ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको हो।

प्रजिअ धमेन्द्रकुमार मिश्रले जिल्लामा रहेका २ सय ३४ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए। जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो। जिल्लामा बिगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलता लगायतका विषयमा छलफल गरी मतदान स्थलको वर्गीकरण गरिएको बताए। ‘पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको हो’ उनले भने। समितिले १ सय ७ लाई संबेदनशील, र ९९ मतदान स्थललाई सामान्यको सूचीमा राखेको छ।  

प्रमुख जिल्ला अधिकारी मिश्रले निर्वाचनस्थलको निरीक्षणपछि मतदान स्थलको सुची निर्धारण गरिएको बताए। गत स्थानीय निर्वाचनमा २ सय ३५ मतदान स्थल र ४ सय ६८ केन्द्र राखिएको थियो। यस पटक मतदान स्थल एउटा घाटाएर २ सय ३४ र मतदान केन्द्र ४ वटा बढाएर ४ सय ७२ कायम गरिएको छ। केन्द्रमा निर्वाचनका लागि ३ हजार ७ कर्मचारीहरु परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयकी अनिता क्षेत्रीले बताइन।    

प्रत्येक केन्द्रमा स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिने छ । निर्वाचनका लागि कर्मचारी माग गरिएको कर्मारीहरुको सूची समेत आइसकेको छ। सो कर्मचारीहरुको सूची जिल्ला प्रमुख निर्वाचन अधिकारीलाई पठाइनेछ । तीन वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थपना भइसेको छ। असोज दोश्रो साता निर्वाचन क्षेत्र नम्बर १ को बाणगंगा नगरपालिकाको गजेहडा, क्षेत्र नम्बर २ को तौलिहवाको जिल्ला समन्वय समितिको कार्यालय र ३ को चन्द्रौटामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसेकेको छ।  

उता निर्वाचनमा सुरक्षालाई विशेष ध्यान दिइएको प्रहरी उपरिक्षक प्रमेबहादुर बस्नेतले बताए। निर्वाचनलाई स्वच्छ र भय रहीत बनाउन आफुहरुले भरपर्दो सुरक्षा ब्यवस्था मिलाउने उनले बताए। निर्वाचनमा म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४ हजार बढी सुरक्षाकर्मी परिचालन हुने छन। कपिललस्तुको प्रतिनिधिसभाको ३ र प्रदेशसभाको ६ गरी कुल नौ पदका लागि १ सय ४३ जना उम्मेदवार रहेका छन।  

कपिलवस्तुमा २ लाख २ हजार १२५ पुरुष,१ लाख ७६ हजार १०५ महिला,र २ अन्य गरी कुल ३ लाख ७८ हजार २३२ मतदाता छन। कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ क मा कुल ७९ हजार ४५३ मतदाता, ४० मतदान स्थल र ९५ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ को ख मा ६१ हजार ५६० मतदाता, ३९ मतदान स्थल र ७६ मतदान केन्द्र छन।  

यस्तै निर्वाचन क्षेत्र नम्बर २ क मा ६४ हजार ५१७ मतदाता ४४ मतदान स्थल र ८१ मतदान केन्द्र  तथा २ को ख मा ७५ हजार १५९ मतदाता, ३९ मतदान स्थल र ७४ मतदान केन्द्र छन। निर्वाचन क्षेत्र नम्बर ३ क मा ६१ हजार ५८ मतदाता, ३६ मतदान स्थल र ७० मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर ३ ख मा ५४ हजार ४८५ मतदाता ३६ मतदान स्थल र ७० मतदान केन्द्र रहेका छन।  

२०७४ को निर्वाचनमा प्रतिनिधिसभा तर्फ माओबादी केन्द्रका चक्रपाणी खनाल तथा प्रदेश नम्बर १ क मा एमालेका बिष्णु पन्थी र १ को ख मा जसपाका नेता सहसराम यादवले चुनवा जितको थिए। यस्तै क्षेत्र नम्बर २ मा एमालेका बृजेशकुमार गुप्ता क्षेत्र नम्बर २ क मा एमालेका दृर्घ नारायण पाण्डेय र क्षेत्र नम्बर २ ख मा एमालेका धरम बहादुर लाल श्रीवास्तवले चुनाव जितेका थिए।  

यस्तै क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेका प्रताप शाह र ३ क मा एमालेका अर्जुन केसी र ३ खमा कांग्रेसका बिरेन्द्र कनौडियाले चुनाव जितेका थिए। क्षेत्र नम्बर १ को ख मा नेता सहसराम यादव कांग्रेसमा प्रबेश गरी चुनाव लडेका छन भने दीर्घनारायण पाण्डेय कांग्रेसमा प्रबेश गरेका छन। कपिलवस्तुमा मुख्यतया कांग्रेस गठबन्धन र एमाले गठबन्धन बिच नै मुख्य प्रतिस्पर्धा रहेको मतदाताहरु बताउँछन।  

प्रकाशित: २७ आश्विन २०७९ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App