४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभामा १३/१३ उम्मेदवार

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधसभा र प्रदेशसभा सदस्यका लागि लमजुङमा तीन पदका लागि २६ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार एकमात्र प्रतिनिधिसभा र दुई प्रदेश क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभाका लागि १३ र प्रदेश क्षेत्रका लागि १३ जनाले उम्मेदवारी दिएका हुन्। 

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार प्रतिनिधिसभाका लागि दुईजना स्वतन्त्रसहित ११ वटा पार्टीका उम्मेदवार रहेका छन्। त्यस्तै, प्रदेश (क) मा छ वटा पार्टीका उम्मेदवार र प्रदेश (ख) मा सातवटा पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। 

प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ र नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत उम्मेदवार बनेका हुन्। त्यस्तै, प्रदेश (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस जिल्ला सभापति डा टकराज गुरुङ र एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घलेलगायतको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ। 

प्रदेश (ख) मा गठबन्धनबाट कांग्रेसकै पूर्वजिल्ला सभापति भेषबहादुर पौडेल र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले उम्मेदवारीदिएका छन्।

आइतबार उम्मेदवारी दिएका उम्मेदवारहरू कसैको पनि दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २४ आश्विन २०७९ १७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App