१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाल्पामा ६ पदका लागि ४७ जनाको मनोनयन दर्ता

पाल्पामा दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। पाल्पाको प्रतिनिधिसभा क्षेत्र नं. १ मा १० र २ मा १४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै क्षेत्र नं. १ (क) मा ५ जना, क्षेत्र नंं १ (ख) मा ५ जनातथा क्षेत्र नंं २ (क) मा ७ जना, २ (ख) मा ६ जनाले मनोनयन दर्ता गरेका छन्।

पाल्पा क्षेत्र नंं १ प्रतिनिधी सभाका लागि स्वतन्त्रबाट विपिन कडेल, नारायण न्यौपाने, डोलराज तिमिल्सीना, राजु सुनारले मनोनयन दर्ता गरेका छन्। गबठन्धनबाट नेपाली काँग्रेसका ज्ञानबहादुर गाहा, नेकपा एमाले बाट नारायण प्रसाद आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीका उजिर सिंह दर्लामी, जनता समाजवादी पार्टीका मेयरमान रानाले मनोनयन दर्ता गरेका छन्।

यसैगरी क्षेत्र नंं १ (क) प्रदेश सभाको लागि मंगोल नेशनल अर्गनाईजेशन बाट पूर्ण बहादुर रुचाल, नेकपा एमाले बाट राजु प्रसाद श्रेष्ठ, नेपाली काँग्रेस बाट श्याम कान्त खनाल, राप्रपा बाट डुलबहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट भिमसेन सुनारी मगरले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।

क्षेत्र नंं १ (ख) प्रदेश सभाका लागि मंगोल नेशनल अर्गनाईजेशन बाट लालबहादुर दर्लामी, राप्रपा बाट लक्ष्मण प्रसादपंगेनी, नेकपा एमाले बाट खेम बहादुर सारु, नेपाली काँग्रेस बाट शंकर प्रसाद खनाल, राष्ट्रिय जन मुक्तिपार्टी बाट टेक बहादुर रानाले मनोनयनदर्ता गरेको पाल्पानिर्वाचन क्षेत्र नंं १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिनिधि सभा क्षेत्र नं. २ मा स्वतन्त्र बाट उपेन्द्रराज गैरे, केशर बहादुर आले, जीवलाल सुवेदीतथा राष्ट्रिय स्वतन्त्र पाटी बाट सोम प्रसाद गैरेले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै नेकपा एमालेबाट ठाकुर प्रसाद गैरे र गठबन्धन दलका तर्फबाट नेकपा समाजवादीका सोम प्रसादपाण्डेयले उम्मेदवारी दर्ता गराए। राष्ट्रिय प्रजातन्त्र पाटीका भोजेन्द्र बहादुर केसी, नेकपाका शिव सुन्दर धुख्वा, नेपाल आमा पाटीका तारा बहादुर खत्री, राष्ट्रिय जनमुक्ति पाटीका हुमबहादुर थापा, राप्रपा नेपालका खडानन्द गैरे, जन समाजवादी पाटीका देव बहादुर हिस्की, नेपाली कांग्रेस विपीश्रीधर न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनका मन बहादुर दर्लामी तथा जनता समाजवादीपाटीका दुर्पदा सोमैले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ।

यसैगरी पाल्पा क्षेत्र नंं २ (क) प्रदेश सभा सदस्यमा जसपाबाट खिकबहादुर रेश्मी, नेशनल मंगोल अर्गनाइजेशनबाट लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेक बहादुर राना, राप्रपाबाट राजु गैरे, नेकपा एमालेबाट पर्सुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट माधवअधिकारी, नेपाली काँग्रेसबाट विर बहादुर रानाले मनोनयनदर्ता गरेका छन्। यसैगरी पाल्पा क्षेत्र नंं २ (ख) प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट बसन्त घर्ती, नेकपा एमालेबाट ओम बहादुर घर्ती, राप्रपाबाट चक्रपाणी पौडेल, राष्ट्रिय जन मुक्तिपार्टीबाट इन्द्र अस्लामी नेशनल मंगोल अर्गनाइजेशनबाट शिवबहादुर गाहा, जसपाबाट राजन खड्काले मनोनय दर्ता गरेका छन्।

प्रकाशित: २३ आश्विन २०७९ १६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App