८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

पुष्पा भुसालले अर्घाखाँचीबाट गरिन् उम्मेदवारी दर्ता

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले अर्घाखाँचीबाट उम्मेदवारी दर्ता गराएकी छन्। एक मात्र प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन्।  

एक प्रतिनिधीसभा निर्वाचन क्षेत्र भएपछी पहिलो पटक उनी चुनावी प्रतिस्पर्धामा होमिएकी हुन्। उनले नेकपा एमालेका टोप बहादुर रायमाझी सँग प्रतिस्पर्धा गर्ने छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका खलिन मिया, राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसाद लगायत पनि प्रतिस्पर्धामा छन्।  

भुसाल यस अघि २०५६, २०६४, २०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट निर्वाचन लडेकी थिइन्।

प्रकाशित: २३ आश्विन २०७९ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App