१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

धनुषा-२ मा जसपाबाट गंगाराम यादवले गराए मनोनयन दर्ता

धनुषा-२ बाट प्रतिनिधिसभा सदस्यको लागि जनता समाजवादी पार्टी (जसपा) का गंगाराम यादव (आनन्द) ले मनोनयन दर्ता गराएका छन्। धनुषाको बिदेह नगरपालिका- १ तिनकौरिया बजारस्थित वडा कार्यालयमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालय यादव आफैं पुगेर मनोनयन दर्ता गराएका हुन्।

उनको नाम नेकपा एमालेले यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको सिफारिस गरेपनि अन्तिममा लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई उम्मेदवार बनाउन पार्टीमा भित्र्याएपछि उनी असन्तुष्ट भएर जसपा प्रवेश गरेका थिए।

जसपाले अन्य क्षेत्रमा एमालेसँग चुनावी तालमेल गरेपनि धनुषा(२ तालमेल गरेको छैन। जसपाबाट यादवले उम्मेदवारी दिएका छन् भने एमालेबाट अरगरिया उम्मेदवार बनेका हुन्।

निर्वाचन आयोगले आइतबार बिहान् १० देखि ५ बजेसम्म मनोनयन दर्ताको लागि समयसिमा निर्धारण गरेको हो।

प्रकाशित: २३ आश्विन २०७९ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App