३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कार्यकर्ताको नाराबाजी र हुटिङका साथ महेश बस्नेतको उम्मेदवारी दर्ता

प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं २ मा एमाले युवा नेता महेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्। बस्नेतसँंगै एमालेबाट क्षेत्र नं २ क (मध्यपुर थिमि) चन्दनकृष्ण श्रेष्ठ र क्षेत्र नं २ ख (सूर्यविनायक) बाट किरण थापाले उम्मेदवारी दर्ता गराएका छन्।

बिहान ११ बजे मध्यपुर थिमिको शंखधर चोकमा भेला भई नयाँं थिमिबाट पुरानो थिमि हुँंदै मध्यपुर थिमिको बोडे (कृषि विकास तालिम केन्द्र) स्थित क्षत्र नं २ निर्वाचन कार्यालयमा पुगेर बस्नेतले उम्मेदबारी दर्ता गराएका हुन्।  

निर्वाचनमा उम्मेदवारी दिनका लागि कुनै बाजा लान पाइँंदैन। त्यही कारण बस्नेत दलबलसहित झाँंक्री लिएर गएका थिए। निर्वाचन आचारसंहिता अनुसार २५ जना भना भन्दा वढी भेला हुन पाइँंदैन तर निर्वाचन दर्तामा हुलै थियो। उम्मेदवारी दर्ताका क्रममा सहभागीहरुले महेश वस्नेत जिन्दावादको नारा घन्काएका थिए।  

यता यस क्षेत्रमा नेपाली काँग्रेसले दुई बजे शंखधर चोकमै भेला भई उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय गरिएको छ। सत्ता गठबन्धनबाट काँग्रेसका जिल्ला पार्टी सभापति दुर्लभ थापाले उम्मेदवारी दिँदै छन्। साथै नेपाल मजदुर किसान पार्टीले एक बजे थिमिकै चपाचोमा भेला भई उम्मेदवारी दिने कार्यक्रम तय गरेको छ।  

यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी काँग्रेस र एमाले नै हो। पछिल्लो स्थानीय निकायको निर्वाचनमा पनि यो क्षेत्रमा काँग्रेस र एमालेबीच नै चर्काे प्रतिस्पर्धा भएको थियो। तर एमालेका मेयर बासुदेव थापा काँग्रेसका मेयर उम्मेदबार निशान ढुंगेललाई झिनो मतान्तरणले पराजित गरी विजयी भएका थिए।

यो क्षेत्रमा काँग्रेस र एमालेको जितमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्टिय प्रजातन्त्र पार्टी निर्णायक हुने देखिन्छ। तर नेपाल मजदुर किसान पार्टीेले जितकै लागि सिद्धान्तहिन एकता नगर्ने भन्दै आएकोले उसको आफ्नै छुटै उम्मेदवारी दिने निश्चित छ। यस हिसाबले राष्टिय प्रजातन्त्र पार्टीको समर्थन जता हुन्छ उसैको जित हुने विश्लेषण छ। पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा भने एमालेकै महेश बस्नेत भारी मत अन्तरले विजयी भएका थिए। उक्त बेला काँग्रेसले पूर्व सभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो। त्यसबेला टुरिष्ट उम्मेदवार उठाएको भन्दै काँग्रेसबाटै ठूलो आलोचना भएको थियो।

प्रकाशित: २३ आश्विन २०७९ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App