१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति पुनद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना

उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्। 

आज (शनिबार) बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले त्यहाँ उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन्।

सो अवसरमा पुनले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिए। जोशीको उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराए। जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गरे।

‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’,जोशीलाई राष्ट्र पिताको रुपमा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने, ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’

शताब्दी पुरुष जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन्।

प्रकाशित: १५ आश्विन २०७९ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App