१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नगरबासीले दिएको पदको दुरुपयोग गर्दिनँः मेयर यादव

धनुषाको सहिदनगर नगरपालिकाको मेयर दिनेशप्रसाद यादवले नगरबासीले दिएको पदको दुरुपयोग नगर्ने बताएका छन्।

बिहीबार सहिदनगर नगरपालिका–३ यदुकूहा बजारस्थित धनुषा जसपाले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले स्थानीय चुनाव नगरबासीले जुन विश्वासको साथ नगर प्रमुखमा निर्वाचित गराए त्यो टुट्न नदिने बताएका हुन्।

'गत स्थानीय चुनावमा म माथि विश्वास गरेर प्रतिद्वन्द्वी भन्दा १८ सय मत बढी दिएर नगरबासीले जुन आशा र भरोसा देखाइएको छ, त्यो कहिले टुट्न दिँदैन, उनले भने। विगत पाँच वर्षको कार्यकालमा पूर्व मेयरले गरेको काम भन्दा आफ्नो कार्यकालमा दस गुणा बढी गर्ने नगरबासीसँग प्रतिबद्धता जनाए।

पूर्व मेयरले करार कर्मचारीको नाममा नगरपालिकालाई भ्रष्टाचारीहरुको प्यानल बनाएको आरोप लगाउँदै, उनले भने 'अस्तव्यस्त बनेको नगरपालिकालाई सही ट्रकमा ल्याउन चार महिना लाग्यो त्यो पनि पूर्ण रूपमा पूरा भएको छैन बीस प्रतिशत काम अझै बाँकी नै छ, त्यो छिट्टै पूरा हुन्छ।'

निर्वाचित भएको चार महिनामा मेयरले केही काम गर्न नसकेको भनेर केही मान्छेले प्रश्न उठाइएको भन्दै उनले भनेु बितेको चार महिनामा कार्यलयको सिस्टम सुधार्नमा लागेको सत्य हो। तर अब मोटामोटी कार्यलयको काम सम्पन्न भएको छ। अब नगरपालिकामा विकासको गति तीव्र रूपमा लिन्छ।

हामीले जिताएको मेयरले काम गर्न सकेन भनेर नगरबासीले पछुताउनुपर्ने दिन नआउने उनले दाबी गरे। जसरी सहिद नगरपालिकामा छाता छापलाई अत्यधिक मत दिएर नगरपालिकामा जसपा नेतृत्वको सरकार बनाए त्यसरीनै आगामी मंसिरमा हुने निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि जसपाको उम्मेदवारीलाई मतदान गर्न मेयर यादवले नगरबासीलाई आग्रहसमेत गरे।

प्रकाशित: १४ आश्विन २०७९ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App