७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कृष्ण अधिकारी हत्या प्रकरण: अदालतले मृतकका दाजुसँग बयान लिने

चितवन–सशस्त्र संघर्षका बेलामा माओवादीले गरेको हत्यामा चितवन जिल्ला अदालतमा दायर भएको मुद्दामा बिहीबार भएको बहसपछि अदालतले मृतकका दाइसँग बयान लिने आदेश गरेको छ। गोरखा फुजेलका कृष्ण अधिकारीको ६१ साल जेठमा चितवन रत्ननगरमा भएको हत्यामा अदालतमा तीन वर्षअघि मुद्दा दायर भएको थियो।मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले दिएको छुट्टा छुट्टै उजुरीमा छानबिन भएर मुद्दा चलेको हो। उजुरीका सम्बन्धमा प्रहरीले छानबिन सुरु नगरेपछि मृतकका पिता नन्दप्रसाद र आमागंगा मायाले अनशन सुरु गरेका थिए। लामो अनशनपछि अनुशन्धान सुरु भएपनि मुद्दा दर्ता नहुँदा उनीहरुले अनशन कायमै राखेका थिए । अनशन बसैकै अवस्थामा मृतकका पिता नन्दप्रसादको निधन भएको थियो। उनको सतगदसमेत भएको छैन । आमा अनशनमै छन्। अर्को निवेदक नुरप्रसाद पनि लामो समयदेखि सम्पर्कमा छैनन्।

'मुद्दाका विषयमा आज अदालतमा बहस थियो। आउँदो जेठ १३ गते निवेदकलाई बोलाएर बुझ्ने भन्ने आदेश भएको छ', चितवन जिल्ला अदालतका श्रेस्तेदार विद्याराज पौडेलले भने। अदालतले नुरप्रसादलाई उपस्थित गराउन प्रहरीलाई पत्र काट्ने पौडेलले जानकारी दिए। प्रहरीले निवेदकलाई जिल्ला सरकारी वकिलमा बुझाउने र सरकारी वकिलले अदालतमा उपस्थित गराउने छन्।

कृष्ण अधिकारीको हत्या विरुद्ध घटना भएको नौ वर्षपछि चितवन जिल्ला अदालतमा ७० साल चैत्र ३० गते मुद्दा दायर भएको थियो। एसएलसी परीक्षा दिएपछि रत्ननगर बुकलहरमा रहेका हजुरबुवा आमालाई भेट्न गोखराबाट आएका कृष्णलाई माओवादीले सुराकीको आरोपमा विस २०६१ सालको जेठ २४ मा हत्या गरेका थिए ।

हत्या लगत्तै ६१ सालको जेठ २६ मा दोषी पहिचान गरी कावाही गरी पाउँ भनेर कृष्णका बुबा नन्दप्रसादले चितवन प्रहरीमा उजुरी दिएका थिए। त्यस्तै विस २०६२ सालको मंसिर २६ मा मृतकाका दाजु नुरप्रसाद अधिकारीले आफ्नो भाइको हत्यामा संलग्नहुनेहरु ११ जनाको नाम नै किटान गरेर चितवन प्रहरीमा उजुरी दिए। सरकारी वकिलले १३ जना विरुद्ध अभियोग लगाएर मुद्दा दायर गरेका छन्।

सवै अभियुक्तलाई ज्यान सम्बन्धिमहलको दफा १३ उपदफा एक अनुसार सजाय हुनु पर्ने अभियोग पत्रमा उल्लेख छ। सो दफा अनुसारको अभियोग ठहर भएमा अदालतले सर्वश्वसहित जन्म कैदको सजाय सुनाउने छ । तर थुनछेक बहस हुँदा चितवन जिल्ला अदालतले सो दाबी अनुसारको अभियोग प्रमाणित हुन सक्ने आधार नरहेको भन्दै अभियुक्तहरुलाई धरौटी र सामान्य तारिखमा छाड्ने आदेश दिएको थियो।

पुनरावेदनअदालत हेटौंडाले चितवन जिल्ला अदालतकै आदेश सदर गरे पनि सर्वोच्च अदालतले अभियुक्त मध्येका एक जना छवीलाल पौडेललाई थुनामै राखेर अनसशन्धान गर्नु पर्ने आदेश दिएको थियो। तर छविलाल अझै समातिएका छैनन् । मुद्दामा बैशाख ५ गतेदेखि बल्ल साक्षी बयान सुरु भएर फैसलाको क्रममा रहेको छ । सामान्यतया दुई वर्षभित्रै मुद्दा फैसला हुनु पर्ने समय सिमा यो चर्चित मुद्दामा लागु हुन सकेन ।

प्रकाशित: २३ वैशाख २०७३ २३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App