१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

म ८१ वर्षको मान्छेसमेत मिलेर ठूला पार्टीका नेताको ब्रम्हलुट अन्त्य गर्नुपर्छ: नेता राणा

फाइल तस्बिर।

राप्रपाका नेता पशुपति शमशेर राणाले आगामी निर्वाचनमार्फत जनमत बटुलेर राप्रपाले विकासको अभियान छेड्नुपर्ने बताएका छन्।    

बुधबार काठमाडौँमा भएको पार्टी एकता सभामा बोल्दै उनले ठूला पार्टीका नेताहरुले देशमा गरिरहेको ब्रम्हलुटको अन्त्य गर्नुपर्ने बताएका छन्। उनले यो मुलुकलाई उज्यालोतर्फ लैजान सिंगो राप्रपा लाग्ने भन्दै पार्टीका दुईजना युवा नेतासँगै देश बनाउन आफू पनि हिँड्न तयार रहेको बताए।  

उनले भने, ‘म ८१ वर्षको मान्छेसमेत मिलेर ठूला पार्टीका नेताको ब्रम्हलुट अन्त्य गर्नुपर्छ। अति भयो, यो पटकको चुनाव अरु बेलाको जस्तो होइन साँच्चिकै चुनाव हुनेछ। फेरबदल गरेरै छाड्ने हो।’

प्रकाशित: १२ आश्विन २०७९ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App