coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

समानुपातिकमा २०६४ पछिकालाई सकेसम्म नपठाउने

फाइल तस्बिर

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवा र छनोट गर्दा कम्तीमा एउटा क्षेत्र र जिल्ला नछुटाउने नीति लिएको छ। शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीलाई योगदान गरेका, अघिल्लोपटक अवसर नपाएका र कम्तीमा एउटा जिल्ला रक्षेत्र नछुटाउने गरी नयाँ अनुहारको नाम सिफारिस गर्नै भएको हो।  

सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २ सय २० जनाको नाम प्रस्ताव गरी त्यसको अन्तिम रूप दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको छ। एमालेले सोमबारबिहानसम्म सबै नामावली रुजु गरी प्रस्तावित नामावलीको सूची निर्वाचन आयोगमा बुझाउने छ। ‘२०६४ पछि सांसद भएका सबैलाई थाति राखेरनयाँ अनुहारपठाउने प्रयास गरिएको छ, सचिवालय बैठकमा यही कुराले बढी प्राथमिकता पायो त्यसकारण सबै नयाँ अनुहारल्याउने प्रयास गरिएको छ,’ स्रोतले भन्यो।  

सचिवालय बैठकपछि पार्टी उपमहासचिव एंव प्रवक्ता पृथ्वीसुब्बा गुरूङले प्रतिनिधिसभाका लागि आदिवासी जनजातितर्फ ३२ जना, खसआर्यतर्फ ३४ जना, थारूतर्फ ७ जना, मधेसीतर्फ १७ जना, दलिततर्फ १५ जना, मुस्लिमतर्फ ५ जनाको नाम समावेश गरिएको बताए। १ सय १० जनामा ५७ जना महिला छन् भने अरू पुरुषको नाम समावेश छ। यसपटक एमालेले धेरै महिलालाई समेटेको छ।  

त्यसैगरी, प्रदेशसभातर्फ समानुपातिकमा २ सय २० जनाको नाम प्रस्ताव गरिएको छ। प्रदेश १ का लागि ३७ जना, मधेस प्रदेशमा ४३, वाग्मतीमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ रसुदूरपश्चिममा २१ जनाको नाम सिफारिस गरिएको छ। तरको–को सिफरिस भएका छन् भन्नेबारे एमालेले गोप्य राखेको छ। स्रोतका अनुसारपदाधिकारीमा उपाध्यक्ष रामबहादुरथापा बादल, युवराज ज्ञावली, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूलाई समानुपातिकमा राखिएको छ। थापाले प्रत्यक्षमा चुनाव नलड्न भनेपछि समानुपातिकमा राखिएको बताइए पनि उनको नाम पनि १६ गतेसम्म परिवर्तन हुने सम्भावना रहेको स्रोतले जनाएको छ। ज्ञवाली ररिमालको नाम पनि परिवर्तन गर्ने रसकेसम्म पदाधिकारीहरूलाई पछि अन्य कुनै स्थानमा मिलाउने गरी एमालेले समानुपातिकको सूची बनाएको छ।  

एमाले स्रोतका अनुसाररामबहादुरथापालाई समानुपातिकमै राख्न जोड गरिएको छ। समानुपातिकममा उनी जनजातीतर्फको पहिलो नम्बरमै रहनेगरी प्रस्ताव गरिएको भएपनि पार्टीले १६ गते सच्याउने गरी पठाउनसक्ने स्रोतको दाबी छ। त्यसैगरी विभिन्न दलबाट एमालेमा प्रवेश गरेका नेताहरूलाई पनि समानुपातिक सूचीमा राखिएको छ। ‘कतिपय नेताहरू केही दिनमा एमाले प्रवेश गर्दैछन्, उनीहरूलाई पनि स्पेश दिने गरी समानुपातिकको सूची तयारभएको छ सच्याउने समयमा ती नामहरू समावेश हुनेछन्,’ स्रोतले भन्यो।  

एमालेले करिब ३ हजारनामबाट प्रतिनिधिसभाका लागि ११० रप्रदेश सभाका लागि २२० को नाम छनौट गरेको हो। जिल्लाबाट धेरै नामहरू आएका कारण केही दिनदेखि नाम छनोट गर्ने काम भइरहेको थियो। त्यसमध्येबाट पनि सचिवालयले केही विशिष्ट व्यक्तिहरूको नाम थपेको छ। केही व्यापारिक पृष्ठभूमिका नाम पनि थपिएको स्रोतको दाबी छ। ‘विभिन्न क्षेत्रका नाम समेटिने क्रममा व्यापारी क्षेत्रका व्यक्तिहरूलाई पनि समेटिएको छ,’ एमाले स्रोतले भन्यो।

प्रकाशित: ३ आश्विन २०७९ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App