नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले ‘एक बुथ एक सय विद्यार्थी युथ’ परिचालन गर्ने भएको छ।
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा १ हजार १११ सदस्यीय जनपरिचालन समिति गठन गरेको छ।
पराजुलीका अनुसार युवाहरुले निर्वाचन केन्द्रका बुथमा आउने मतदातालाई जागरण, सुरक्षा, पार्टी तथा गठबन्धनका उम्मेदवारको पक्षमा प्रचार प्रसार तथा चुनाव भाँड्ने षडयन्त्रलाई रोक्ने मुख्य जिम्मेवारी रहनेछ।
यो अवधारणालाई ७७ वटै जिल्ला कमिटी, प्रदेश कमिटी र महानगर कमिटीलाई कार्यान्वयन गर्न निर्देशन दिइएको पराजुलीले बताए।
प्रकाशित: २ आश्विन २०७९ ०८:१६ आइतबार