२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मोतियाबिन्दु भएको नगरबासीलाई शल्यक्रिया गराउन नगरप्रमुख पुगे आँखा अस्पताल

धनुषाको सहिदनगर नगरपालिकाको मेयर दिनेश प्रसाद यादव मोतियाबिन्दु भएको नगरबासीलाई लिएर शल्यक्रिया गराउन आफैं अस्पताल पुगेका छन्। 

बिहीबार ९० जना मोतियाबिन्दु भएको बृद्धबृद्धालाई नगरप्रमुख यादवले जनकपुरको जानकी आँखा अस्पतालमा शल्यक्रिया गराएका छन्। तेज कोहली र रुईत फौण्डेशनको सहर्कायमा नेपाल रेडक्रसद्वारा संचालित जानकी आँखा अस्पताल प्रविधिकको सहयोगमा सहिदनगर नगरपालिका–३ यदुकोहा स्वास्थ्य केन्द्रमा आँखा शिविरको आयोजना गरेको थियो। उक्त शिविरमा ७५ जना पुरुष र १५० जना महिलाको आँखा परिक्षण गरिएको जानकी आँखा अस्पताल जनकपुरका चिकित्सक आशिष बोहराले जानकारी दिए।  

नगरप्रमुख दिनेश प्रसाद यादवले आँखा शिविर उद्धघाटन गरेको थियो। सो शिविरमा जम्मा २२५ जनाको आँखा परिक्षण गरिएको थियो। जसमध्ये ९० जनामा मोतियाबिन्दु पाएको थियो । आँखामा सामान्य समस्या देखिएको बृद्धबृद्धाहरुलाई औषधि दिएर घर पठाइएको थियो भने शल्यक्रिया गर्नुपर्नेलाई नगरप्रमुख यादवले उनीहरुलाई जानकी आँखा अस्पताल जनकपुर पुर्‍याएर शल्यक्रिया गराएको हो।

शल्यक्रिया गराउँदा लाग्ने पुर्जा शुल्क,औषधि,यातायात खर्च रशल्यक्रियापछि लगाउने चस्मा नगरपालिकाले उपल्बध गराइएको नगरप्रमुख यादवले बताए। नगरप्रमुख यादवले भने‘ मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया हुदाँ पनि उनीहरु अस्पालसम्म पुग्न सकिरहेको थिएन। हामीले उनीहरु दृष्टिको समस्या भोग्न नपरोस् भनेर अस्पतालसम्म पुर्‍याउने व्यवस्था मिलाइएको बताए हो।’ उनले भने, ‘आँखा परिक्षणको लागि नगरपालिकामा शिविर बोलाएको थियौं। सो शिविरमा २२५ जनाले आँखा परिक्षण गराउन आए जसमध्ये ९० जनामा मोतियाबिन्दु भेटिएपछि उनीहरुलाई आँखा अस्पताल ल्याएर शल्यक्रिया गराएको नगरप्रमुख यादवले बताए।’

सहिदनगर नगरपालिका–१ का ७० वर्षीय सोनारबति यादव तीन वर्षदेखि आँखाको समस्या भौग्दै आएको थिए। आँखाको शल्यक्रियापछि उनले भनिन् ‘यतिको दिनदेखि आँखामा समस्या थियो। तर अस्पतालसम्म जान सकिरहेको थिएन् आज मेयर साबले हामी जस्तो धेरै मोतियाबिन्दु भएको व्यक्तिलाई अस्पतालमा ल्याएर शल्यक्रिया गराइ दिनु भएको छ त्यसको लागि मेयर साबलाई हृदयदेखि धन्यवाद दिन्छु।’  

त्यस्तै कमला नगरपालिकाको ७२  वर्षीय कैलुदेवी यादव पनि उस्तै समस्या भौग्दै आएको थियो। उनलाई कसैले भनियो सहिदनगर नगरपालिकामा आँखाको डाक्टर आएको छ। त्यसपछि उनी आँखा चेकजाँच गराउन सहिदनगर नगरपालिका पुगिन्। उनको आँखामा मोतियाबिन्दु रहेको र शल्यक्रियाको लागि जनकपुर जानुपर्ने डाक्टरले भन्यो यादवले भनिन्।

अब जनकपुर कसरी जाने सोच्दै थिएँ। पछि शिविरमा मेयर साब आउनुभयो र भन्यो मोतियाबिन्दु शल्यक्रिया गराउनुपर्ने सबै जना भोली १० बजे नगरपालिकाको कार्यालय यहाँबाट बस जान्छ, उनले भनिन् ‘ हामी बिहानै नगरपालिकाको कार्यालयमा आयौं र त्यहाँ हामी जस्तै अन्य मोतियाबिन्दुको बिरामी पुगेका थिए। हामी सबै एउटै बस चढेर जनकपुर आएर शल्यक्रिया गरायौं। शल्यक्रियापछि मेरो आँखाको ज्योति फर्कियो आज धेरै खुसी छु।’

प्रकाशित: ३१ भाद्र २०७९ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App