२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रोल्पाले साम्राज्यवादको मुटु थर्काउने समय आएको छः सन्तोष बुढा

विप्लव नेतृत्वको नेकपा रोल्पाले छैठौँ जिल्ला अधिवेशन सुरु गरेको छ। सोमबार र्‍यालीसहित सदरमुकाम लिवाङ बजार घुमेर उद्योग वाणिज्य संघको हलमा सुरु भएको जिल्ला सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले गरेका थिए। एकीकृत जनक्रान्तिको नारा लिएको नेकपाको रोल्पामा बलियो उपस्थिति समेत छ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका बुढाले एमसीसीको चर्को आलोचना गरे भने लोभिहरुले आफ्नो पाटी छोडेर गएको समेत आरोप लगाए। ‘एमसीसीका पक्षधरहरुले आफ्ना केही नेतालाई किनेका छन्।’ उनले थपे ‘देशमा महँगी बढेको छ। भ्रष्टाचार संस्थागत भएको छ।’ नागरिकता विधेयकमा भने केही अंश मात्र नमिलेको उनको जिकिर थियो।

आफ्ना नेता कार्यकर्ताविरुद्ध जारी गरिएको पक्राउ पुर्जिको विरोध गर्दै बुढाले सरकारले मुखले सकारात्मक कुरा गरेपनि रुपमा नकारात्मक भएको टिप्पणी गरे। ‘अहिलेको हाम्रो एकीकृत जनक्रान्तिमा जनयुद्ध लडेका धेरै कमरेडहरु हुनुहुन्छ। पुरानामा कमरेडमा अनुभव र नयाँ कमरेडमा जोस छ। हिजो १० वर्ष रोल्पाले साम्राज्यवादको मुटु थर्कायो अब फेरी एकपटक उनीहरुको मुटु थर्काउने समय आएको छ।’

सम्मेलनमा १० वटै स्थानीय तहबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागीता रहेको छ। नेकपाका केन्द्रीय सदस्यहरू सन्जिव, संगम, जागृति, जुझारू, सुवास, पूर्व केन्द्रीय सदस्यहरू सन्तोषी, सम्झना, विशेष कमिटीका सदस्यहरू सन्तोष सुवेदी लगायतको उपस्थिति थियो। दुई दिनसम्म चल्ने सम्मेलनले नेकपा रोल्पाको नयाँ नेतृत्व चयन समेत गर्नेछ।

प्रकाशित: २७ भाद्र २०७९ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App