२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शर्मालाई प्रचण्डको जवाफः तपाईंलाई रक्षा गर्न र हुर्काउन पनि मेरो मुख्य भूमिका छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव पद अश्वीकार गरेका जनार्दन शर्मालाई रक्षा गर्ने र हुर्काउन आफ्नो मुख्य भूमिका रहेको बताएका छन्।

बुधबार अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेताहरुको रक्षा गर्ने र हुर्काउन आफूले मूख्य भूमिका खलेको बताए।

सोही कार्यक्रममा जनार्दन शर्माले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक र सबै भन्दा ठूलो रक्षक भएको बताएका थिए। त्यही प्रसङ्गमा जनार्दन समेत प्रचण्डले जवाफ दिएका थिए।

प्रचण्डले भने, ‘जनार्दनले जाँदा जाँदै भन्नु भयो नीति र नेतृत्वको रक्षाको कुरा, जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मूख्य भूमिका हो।’ अबको आफ्नो सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार बनुन् भन्ने रहेको समेत बताए।

प्रकाशित: २२ भाद्र २०७९ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App