coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजनीति गरेको होइन, गरिमा बुझेकी छुः सभामुख

काठमाडौं–न्यायपरिषदको सिफारिस फिर्ता गरेर विवादमा परेकी सभामुख ओनसरी घर्तीले न्यायपरिषदको सिफासिर फिर्ता गरेर आफूले राजनीतिक नगरेको बताइएकी छिन्। आफ्नो पदको गरिमा राम्रोसँग थाहा भएको भन्दै सभामुख घर्तीले सभामुखको गरिमा राम्रोसँग थाहा पाएको बताइन्।साेमबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै सभामुख घर्तीले आफू ले प्रक्रियाको विषयमा मात्र अडान लिएको बताइन्। सुनुवाई समिति नभएको अवस्थामा न्यायपरिषदका सिफारिस फिर्ताको विषयलाई अतिरंजित बनाइएको उनले गुनासो गरिन्। 'मैले राजनीतिक गरेको होइन,' उनले भनिन्,'मैले प्रक्रियाको कुरा गरेको हो। आफ्नो पदको गरिमाको विषयमा मलाई राम्रोसँग थाहा छ। मैले पदको गरिमा पनि बुझेकी छु।'

उनले यसअघि प्रधानमन्त्री केपी ओलीले पनि सुनुवाई समिति नभएको भन्दै न्यायपरिषदले सिफासिर गरेका रामप्रसाद सिटौलाको फिर्ता पठाएको प्रसंग उल्लेख गर्दै सुनुवाई समितिले सिफारिस गरेका नामलाई आफूले नरोक्ने बताइन्। 'यसअघि प्रधानमन्त्रीले पनि सुनुवाई समिति नभएको भन्दै न्यायपरिषदको सिफारिस फिर्ता पठाउनु भएको छ,' उनले भनिन्, ' नेपाल बारले पनि सुनुवाई समिति नभएको भन्दै सिफारिस नै गरेको छैन।'

न्यायपरिषदको सिफासिरका विषयमा आफूले आज विहान प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग छलफल गरेको जानकारी दिँदै केही दिन अगाडि राजनीतिक दलका नेता र कानूनमन्त्रीसँग पनि छलफल गरेको बताइन्। सबैसँगको छलफलमा प्रक्रियागत हिसावले अगाडि बढ्ने विषयमा कुराकानी भएको उनको भनाइ थियो। उनले सुनुवाई समिति चाँडो गठन गरी प्रक्रियाबाट विवादको समाधान गर्नुपर्ने बताइन्।

प्रकाशित: १ चैत्र २०७२ ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App