१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मोरङ-४ मा काँग्रेसबाट ५ जना उम्मेदवार सिफारिस

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ ले प्रतिनिधिभा निर्वाचन प्रत्यक्षतर्फका लागि उमेदवारमा ५ जनाको नाम सिफारिस गरेको छ। कांग्रेले सिफारिस गरेकाहरूमा महेश आचार्य, दिलीप गच्छदार,अमृत अर्याल, भीम पराजुली र गुरु घिमिरे रहेका छन्।  

यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ रामकृष्ण भट्टराई इन्दिरा कार्की, दुर्गा कोइराला, सुची चौधरी, कविता सरदार, भोटनीदेवी खवास र मोहनलाल माझीको नाम सिफारिस गरेको छ। यस्तै हरिप्रसाद न्यौपाने, उमावती चौधरी, भक्तिनाथ माझी, प्रभाकर थापा, ज्ञानेनद्र पौडेल, पवनकुमार सारडा, रामकुमार विश्वकर्मा र आमोद चौधरीको नाम प्रतिनिधिसभा समानुपातिक तर्फ सिफारिस गरिएको छ। यस्तै प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फ नन्दु सरदार, सत्यनारायण भगत, शेखर विश्वास, विजयकुमार माझी, वैजनाथ विश्वास, डिल्लीराम गिरी, डम्बर राई रामबाबु श्रेष्ठ रहेका छन्। यस्तै समानुपातितर्फ भने २९ जनाको नाम सिफारिस गरिएको क्षेत्र नम्बर ४ का सभापति विनोद बस्नेतले जानकारी दिए। यस्तै प्रदेशसभा ‘ख’ बाट प्रत्यक्ष तर्फ १२ र समानुपातितर्फ २९ जनाको नाम सिफारिस गरिएको बस्नेतले बताए।  

 

 

प्रकाशित: १६ भाद्र २०७९ ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App