५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जबराले महाअभियोग नै निस्क्रिय भइसक्यो भन्नुको तुक छैनः सांसद पोखरेल

फाइल तस्बिर।

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले महाअभियोग नै निस्क्रिय भइसक्यो भन्नुको तुक नरहेको बताएका छन् ।

बुधबार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुगेका निलम्बित प्रधानन्यायाधीश जबराले बयानकाका क्रममा महाअभियोग प्रस्ताव नै संविधान बमोजिम अघि नबढ्दा निस्क्रिय बनिसकेको बयान दिएको भन्दै सांसद पोखरेलले यसको अर्थ नरहेको बताए । 

उनले महाअभियोग प्रस्तावमा नै प्रधानन्यायधीश जबरा बयानका लागि आएको उल्लेख गर्दै प्रधानन्यायाधीशले यस्तो भन्नुको तुक नरहेको बताए । उनले प्रधानन्यायाधीशको बयानमा समिति सदस्यहरुले प्रतिप्रश्न गर्दा ४ वटा मात्रै प्रश्नको जवाफ आएको भन्दै बयानको समय ३÷४ दिनसम्म लगातार चल्ने बताए । सांसद पोखरेलले प्रधानन्यायधीश जबराबिरुद्ध तीन महिनाले पनि नपुग्ला की भन्ने तथ्यहरु आइरहेको उल्लेख गरे ।  

उनले भने, ‘उहाँले डेढसय प्रश्नको जवाफ दिन जरुरी छ । त्यसबाट जे निस्कर्ष निस्कन्छ, तथ्य प्रमाणका आधारमा निस्कर्षमा पुग्छौँ । यो प्रश्न नै ३/४ दिनसम्म लगातार जान्छ । उहाँले निस्क्रिय भयो भन्ने अवस्था छैन । महाअभियोग प्रश्तावमा नै उहाँ आइरहनुभएको छ भने त्यो भन्नुको अर्थ रहँदैन । संसद सकिएपछि मात्रै के हुने हाने भन्ने प्रश्न हुन्छ । संसद रहुन्जेलसम्म निस्क्रिय भयो भन्ने कुरा हुँदैन । गठबन्धनले ढिलो गरेको र पारित गर्नलाई ल्याएको होइन की भन्ने आशंका हामीलाई लागेको हो । हामीसँग समयावधि पुग्दैन । तीन महिनाले पनि नपुग्ला की भन्ने तथ्यहरु आइरहेका छन् ।’

प्रकाशित: १५ भाद्र २०७९ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App