२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नारायणहिटीलाई ऐतिहासिक संग्रहालयको रुपमा विकास गरौँः अध्यक्ष नेपाल

फाइल तस्बिर।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताएका छन्।

बुधबार पार्टीको केन्द्रिय पर्यटन विभागले काठमाडौँमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले नारायणहिटी संग्रहालयलाई इतिहासदेखि राजतन्त्रको समाप्ती सम्मको कालको मात्रै संग्रहालय बनाउनुपर्ने बताए। सो संग्रहालयमा नेपालमा हालसम्म शासन गरेका विभिन्न वंशका राजाहरुको पालाको अवस्था झल्किनुपर्ने उनले बताए। गणतन्त्रको संग्रहालय छुट्टै बनाउनुपर्ने पनि उनले बताए। उनले नेपालमा विभिन्न जातजाति र भाषाहरु रहेको भन्दै तिनलाई जनाउने जातिय संग्रहालय पनि बनाउनुपर्ने बताए।

अध्यक्ष नेपालले विकास निर्माणको काममा अदालतले अवरोध गर्ने गरेको बताए। कामलाई अदालतले रोकिदिने र सरकार निरिह हुने अवस्था रहेको उनले उल्लेख गरे। उनले अदालत विकासप्रेमी हुनुपर्ने बताउनु भयो। अध्यक्ष नेपालले नेपालमा विकास निर्माणको काम गर्दा सम्भाव्यता अध्ययन नगरी गर्ने गरिएको बताए। उनले विकास निर्माणको काममा अध्ययन तथा अनुसन्धान नगर्ने प्रवृति रहेको भन्दै त्यस्तो प्रवृतिको अन्त्य हुनुपर्ने बताए।

प्रकाशित: १५ भाद्र २०७९ ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App