७ वैशाख २०८१ शुक्रबार
राजनीति

कसले जित्ला मुस्लिम आरक्षण केन्द्रीय सदस्य?

काठमाडौं– आजै मत परिणाम आउने अपेक्षा गरिएको नेपाली कांग्रेसको मुस्लिम आरक्षणतर्फको एक केन्द्रीय सदस्यको कोटामा ६ जना उम्मेद्वारले प्रतिश्पर्धा गर्दैछन् । मोहम्मद अफताब आलम पौडेल प्यानलबाट र फर्मुल्लाह मंसुर देउवा प्यानलबाट चुनावी प्रतिस्पर्धामा छन्।यो आरक्षणतर्फको मुख्य प्रतिस्पर्धा यिनै दुई उम्मेद्वारबीच हुने कांग्रेस नेताहरु बताउँछन्। संस्थापन पक्ष निकटका फर्मुल्लाह चुनावको केही दिन अगाडिमात्र क्याम परिवर्तन गर्दै देउवा प्यानलमा पुगेका थिए। बारा–३ बाट प्रत्यक्ष चुनाव जितेका उनी मधेसमा प्रभावशाली मानिन्छन्। मधेसमा देउवा पक्षको बलियो प्रभाव देखेर उनले क्याम्प परिवर्तन गरेको आरोप लाग्ने गरेको छ।

अघिल्लो महाधिवेशनमा यही कोटामा चुनाव जितेका आलम पनि कमजोर उम्मेद्वार होइनन्। दोस्रो संविधान निर्वाचनमा रौतहट–२ मा चुनाव हारेपनि उनको मधेसमा राम्रो प्रभाव रहेको मानिन्छ। यी दुई बाहेक यो कोटामा अब्दुल सातार, अरुण मानव, अहमद मिया हुसेन र खलिल मिया पनि प्रतिस्पर्धामा छन्।

नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा केन्द्रीय सदस्यको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा जारी खुल्ला २५ तर्फ बुधबार सुरु भएको मतगणनामा दिनभरमा जम्मा १५० मतमात्र गणना सकिएको थियो। आज थप दलित आरक्षण तीन सिट र दलित महिला आरक्षण दुई सिट केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ। 'खुलातर्फको मतगणना विहान दश बजेबाट सुरु भएको हो, अन्यको मतपत्र व्यवस्थित गर्नेक्रम जारी छ,' नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव प्रदीप पराजुलीले नागरिकन्युजसँग भने। मुस्लिम आरक्षणका बाहेक अन्य उम्मेद्वारको आजै मतपरिणाम आउने संभावना कम रहेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७२ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App