२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले दिए निवेदन

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन्। आयोगमा दर्ता भएका ७६ दलमध्ये प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएका साहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

त्यस्तै प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा ५५, मधेसमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ दलले निवेदन दिएका छन्। लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० वटा निवेदन परेको अर्यालले जानकारी दिए।

प्रकाशित: १३ भाद्र २०७९ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App