२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री साहद्वारा दुई शिक्षालय भवनको उद्घाटन

नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहले एकैदिन दुई शिक्षालय भवनको उद्घाटन गरेका छन्। रौतहटको मौलापुर र देवाही गोनाही नगरपालिका निर्मित विद्यालय भवन र क्याम्पस भवनको उद्घाटन गरेका हुन्।  

मौलापुर नगरपालिकाको चिरचिरिया गाउँमा नगरपालिकाको तर्फबाट निर्माण गरिएको विद्यालय भवनको स्थायी समिति सदस्य प्रभु साहसँगै नगर प्रमुख रिनाकुमारी साह र उपप्रमुख नागेन्द्र यादवले संयुक्त रुपमा गरेका छन्।

यसैगरी देवाही गोनाही नगरपालिकाको धरहरीमा निर्मित जय किसान बहुमुखी क्याम्पसको शैक्षिक भवनको पनि नेता साहले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रेमलाल साह कानु, मौलापुर नगर प्रमुख रिनाकुमारी साह, गरुडा नगर प्रमुख कन्थमनि प्रसाद कलवारका साथै जिल्लाका शिक्षित समुदायको सहभागिता रहेको थियो।

दुवै उद्घाटनमा नेता साहले जिल्लाको शिक्षास्तर सुधार्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकोले सबैभन्दा बढी शिक्षामा ध्यान दिन आग्रह गरेका छन्। शिक्षा सबै उमेर र समूहका मानिसका लागि हुने भएकोले युग अनुकूल आफूलाई ढाल्न शिक्षा र तालिमको आवश्यकता रहेको नेता साहको दाबी छ।

रौतहटको मौलापुर नगरपालिकाले शिक्षामा सबैभन्दा बढी लगानी गरेको देखिएको छ।

प्रकाशित: १३ भाद्र २०७९ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App