१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नागरिकता विधेयकको सन्देश राष्ट्रिय सभामा टेबुल

राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ।

आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्बिचारका लागि फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन्।

यसअघि संघीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालयमा पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता गरेकी थिइन्।  

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक संसदको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख गरिएको थियाे। 

प्रकाशित: १२ भाद्र २०७९ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App