३ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सम्मानजनक स्थानदिन रौतहट काँग्रेसले गर्‍यो माधव नेपाललाई आग्रह

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले राम्रो नतिजा ल्याएकोले त्यसैलाई आधार मानेर रौतहटमा सम्मानजनक स्थानदिन नेकपा (एकीकृत सामाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन्।

नेपाली काँग्रेस रौतहटका सचिव रामचन्द्र गिरीको नेतृत्वमा नेपाली काँग्रेसका जिल्ला तहका नेताहरुको एक समूहले शनिबार नेपालसँग भेटवार्ता गरेका हुन्। भेटका अवसरमा नेपाली काँग्रेसका नेताहरुले गठबन्धनलाई अझ बलियो बनाउने माग पनि गरेका छन्।

रौतहटको क्षेत्र नम्बर २ लाई नेपाली काँग्रेसको किल्ला मानिएको अवस्थामा पूर्वमन्त्री आफताब आलमलाई राजनैतिक पूर्वाग्रहले फसाइएकोले त्यस मुद्दाको सुनुवाईका लागि पहल गरिदिन पनि नेता नेपालसँग आग्रह गरिएको छ।

नेता नेपालसँग छलफल गर्न परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल, राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर रजिक आलम, नेपाल तरुण दल रौतहटका अध्यक्ष शेख नौसाद आलमसहितका नेकाका नेता तथा कार्यकर्ताहरु पुगेका थिए।

यसैगरी काँग्रेस क्षेत्र नम्बर ४ चन्द्रनिगाहपुरका अध्यक्ष मुकेश गिरीको नेतृत्वमा अर्को टोलीले पनि अध्यक्ष नेपालसँग भेट गरी समसामयिक राजनैतिक विषयमा छलफल गरेका छन्। रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएपछि अध्यक्ष नेपालको रौतहट दौडाहा अहिले तीव्र भएको छ।

प्रकाशित: ११ भाद्र २०७९ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App