८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस महाधिवेशन: निर्वाचन कार्यतालिका हेरफेर

काठमाडौं–कांग्रेसको निर्धारित निर्वाचन कार्यक्रम मनोनयन दर्ताको समय एक दिनपछि सरेको छ। ज्योतिषले शेरबहादुर देउवालाई शुक्रबारमात्र मनोनयन दर्ता गर्न सल्लाह दिएपछि देउवाको आग्रहमा शुक्रबार विहानका लागि मनोनयन दर्ताको समय तय गरिएको स्रोतले जनायोे।यसअघि बिहीबार विहान आठ बजेदेखि साँझ पाँच बजेसम्म मनोनयन दर्ताको समय सार्वजनिक गरिएको थियो। बिहीबार दिउँसो एक बजे महाविधेशन उद्घाटन कार्यक्रम परेकाले मनोनयन दर्ताको समय सार्न यस अघि नै केही नेताले आग्रह माग गर्दै आएका थिए।

संशोधित कार्यक्रम अनुसार उम्मेदवारको पहिलो नामावली प्रकाशन शुक्रकार अपरान्ह २ बजे हुनेछ। उम्मेदवारको नाममा कुनै दाबी संशोधन गर्नुपरे शुक्रबार तीनबजेदेखि पाँचबजेसम्मको समय तय गरिएको छ। त्यसैगरी मनोनयन पत्रमा दाबी विरोधका लागि शुक्रबार दुई बजेदेखि पाँचबजेसम्मको समय तय गरिएको निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए।

दाबी विरोधमा जाँच बुझपछिको उम्मेदवारको नामावली प्रकाशन शुक्रबारै साँझ ७ बजेका लागि तय गरिएको छ। निर्वाचनका अन्य कार्यक्रम भने यथावतै राखिएको छ। निर्धारित समयअनुसार नेपाली कांग्रेसको नेतृत्व चयनका लागि मतदान आइतबार विहान आठ बजेदेखि चारबजेसम्म राष्ट्रिय सभागृहमा हुनेछ। उम्मेदवारीका लागि केन्द्रीय सदस्य तथा पार्टी पदाधिकारीका आकांक्षीले अहिले पार्टी कार्यलय सानेपामा मनोनयन पत्र लिइरहेका छन्।

प्रकाशित: १९ फाल्गुन २०७२ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App