२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारले रेल्वे कम्पनीलाई सहयोग नगरेको महाप्रबन्धक झाको गुनासो

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन्। उनले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि  सम्झौता बामोजिमको रकम नदिएको गुनासो गरेका हुन्।  

२०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको उनले बताए। उनले कम्पनीमा महाप्रबन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले रकम नदिएको बताए। मन्त्रालयले पूर्व महाप्रबन्धकलाई पैसा दिने तर आफू आएपश्चात् पूर्वाग्रह राखेर रकम निकासा नगरेको उनको आरोप छ । उनले अहिले रेल्वेमा यात्रुहरुको चाप अत्याधिक रहेको तर अर्को रेल खरिद गर्ने कम्पनीसँग पैसा नभएको बताए।  

अब एक थान यात्रुवाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्नसके रेल्वे कम्पनीलाई  नाफामा लगेर देखाउने झाले दाबी गरे। उनले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा कम्पनीका नियमित काममा असर परिरहेको बताए। ‘मन्त्रिपरिषद्ले निर्णय गर्ने तर अर्थ मन्त्रालयले पैसा नदिने गर्नु भनेको रेल्वे कम्पनीलाई असहयोग गर्नु हो।’, उनले भने।

महाप्रवन्धक झाले जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको बताए। भारतबाट सिधै रेलमार्फत जनकपुर आउने जनकपुरबाट हवाई उडानबाट पोखरा,काठमाडौं गर्न सकिने भएकाले भारतीय पर्यटकमा वृद्धि भएको उनले बताए।

झाले आगामी शनिबार जनकपुरधाममा भारतीय गोरख नामक रेल भारतीय पर्यटक लिएर आउने बताए।

प्रकाशित: ९ भाद्र २०७९ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App