१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नागरिकता विधेयकका विवादास्पद प्रावधानबारे गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै

राष्ट्रियसभाको अर्को बैठक १२ गते बोलाइएपछि नागरिकता विधेयक पारित गर्न ढिलो हुने भन्दै सरकारले सोमबार साँझ पत्रकार सम्मेलन गर्न लागेको छ। गृह मन्त्रालयले सोमबार साढे ५ बजे पत्रकार सम्मेलन गर्न लागेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट स्वीकृत नागरिकता विधेयकमा लालमोहर नलगाई सन्देशसहित फिर्ता पठाएपछि प्रतिनिधिसभाले दोस्रो पटक हुबहु पारित गरेको हो । राष्ट्रियसभाले दोस्रो पटक पारित गरेको छैन।

स्रोतका अनुसार गृह मन्त्रालयले विधेयकमा समेटिएका विवादस्पद प्रावधानबारे प्रष्ट पार्ने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागेको हो। गृहमन्त्री बालकृष्ण खाँणले त्यसबारे प्रष्ट पार्ने बताइएको छ। गृहमन्त्री खाँणले कानुन मन्त्री र महान्यायधिवक्तालाई समेतसँगै राखेर विधेयकका विवादस्पद प्रावधान बारे प्रष्ट पार्न लागेका हुन्।

स्रोतका अनुसार प्रतिनिधिसभाबाट दोस्रो पटक पारित भएको विधेयक राष्ट्रियसभामा छलफल गरेर तत्काल पारित गर्ने योजनामा रहेको सरकार राष्ट्रियसभाको बैठकनै भदौ १२ गतेका लागि बोलाइएपछि पारित गर्न आलटाल भएको ठहर गर्दै आत्तिएको हो।

प्रकाशित: ६ भाद्र २०७९ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App