१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नेता गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी पुगे शुभेच्छुक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पार्टीका विभिन्न नेता कार्यकर्ताहरु मेडिसिटी अस्पताल पुगेका छन्।

पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेता शेखर कोइराला, अर्थमन्त्री जनार्दन शर्मा, स्वामी आनन्द अरुण लगायत अस्पताल पुगेका हुन्।

उनको पार्थिव शरीरलाई अहिले मेडिसिटी अस्पतालको शिवालयमा राखिएको छ। श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेसम्म मेडिसिटी अस्पतालमा राखिएको उनको  पार्थिव शरीरलाइ बिहान ११: ३० बजेदेखि दिउँसो २: ०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  

त्यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। 

प्रकाशित: ५ भाद्र २०७९ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App